Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

लम्की बहुमुखी क्याम्पसकाे आन्तरिक  खेलकुद प्रतियोगिता सम्पन्न

User Photo
शुक्रबार, माघ १८, २०७५

रमित पाण्डे, लम्की । लम्की बहुमुखी क्याम्पसमा गत माघ ९ गतेबाट सुरु भएको अन्तर संकाय खेलकुद प्रतियोगिता को आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

प्राध्यापक अमर रावल को सभापतित्वमा भएको कार्यक्रम को प्रमुख अतिथी क्याम्पस ब्याबस्थापन समितिका अध्यक्ष बखत बहादुर बिष्ट,विशिष्ट अतिथिमा क्याम्पस प्रमुख सरोज कुमार शाह रहनु रहनु भएको थियो ।

गत माघ ९ गतेबाट सुरु भएको खेलकुद सप्ताहमा विभिन्न बिधामा बिजयि हुने विद्यार्थीहरुलाई प्रमाणपत्र ट्रफी र मेडल प्रदान गरिएको क्याम्पस प्रमुख सरोज कुमार शाहले जानकारी दिनु भयो ।

खेलकुद सप्ताहमा छात्र छात्रा भलिबल,फुटबल,ब्याटमिन्टन,१०० र १०००मिटरडौड,सटफुट,हाईजम्प,हाजरिजवाफ लगायतका खेलहरु भएका थिए ।लम्कीचुहाको स्नातकोत्तर तहसम्म पढाइ हुने यो क्षेत्रको एक मात्र उच्च शैक्षिक सस्था लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा ब्याबस्थापन,शिक्षा,मानबिकी संकाय र स्नातकोत्तर तहमा शिक्षा संकाय सम्म पढाई हुँदै आएको छ ।

प्रयाप्त भौतिक सुबिधा सम्पन्न आफ्नै बहाना भएको लम्की बहुमुखी क्याम्पस पछिल्लो समय सबैको रोजाईमा पर्दै आएको छ । कार्यक्रममा स्वभिउ सभापति ललित जैशि, अनेरास्ववियु क्रान्तिकारी सुरेन्द्र थापा,नेपाल विद्यार्थी संघका ललित देउवा,अखिल क्रान्तिकारिका कृष्ण बिक लगायतकाले मन्तव्य राखेका थिए ।

प्राध्यापक संघ सभापति टंक सापकोटाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन प्राध्यापक प्रेम मुडभरिले गर्नु भएको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.