Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

नेपाल विद्यार्थी संघ लम्कीचुहा नगर कमिटीको सभापतिमा सुरेश उपाध्याय(सिजन) चयन

User Photo
बुधबार, फाल्गुन ७, २०८१
काठमाण्डौ ।

लम्कीचुहा, कैलाली – नेपाल विद्यार्थी संघ (नेविसंघ) लम्कीचुहा नगर कमिटीको सभापतिमा सुरेश उपाध्याय (सिजन) चयन भएका छन्। लम्कीमा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति विष्णु ढकाल, नेविसंघ कैलाली सभापति मनिष कुँवर लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

नगर कमिटीको नेतृत्व सम्हाल्ने अवसर पाएपछि सभापति उपाध्यायले पार्टी र संगठनले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले नेविसंघको भूमिकालाई अझ फराकिलो बनाउँदै विद्यार्थी हकहितका मुद्दामा सशक्त आवाज उठाउने बताए।

“विद्यार्थीहरूको हकहितका लागि आवाज बुलन्द गर्दै संगठनलाई एकताबद्ध बनाउने मेरो लक्ष्य हुनेछ,” उनले उद्घोष गरे।

कार्यक्रममा सहभागी नेताहरूले विद्यार्थी राजनीति, संगठन सुदृढीकरण र नेतृत्व विकासका विषयमा आफ्नो धारणा राखेका थिए।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.