Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

जहाँ उपलब्ध छ, पढ्दै ,सिक्दै, कमाउने र जागिरको सुनिश्चता

User Photo
बिहिबार, साउन १५, २०८२
काठमाण्डौ ।

नेपालका आधिकांश कलेजहरूबाट पास आउट भएका विद्यार्थीहरूसँग हातमा सर्टिफिकेट हुन्छ तर सीप र अनुभव हुँदैन् ।
सर्टिफिकेट भए पनि सीप र अनुभव नहुँदा जागिर पाउने सम्भावना निक्कै कम हुन्छ । जागिर पाउनका लागि ठुलै लडाइ जित्नु पर्ने हुन्छ । आफ्नै व्यवसाय सुरु गर्छु भन्ने आट पनि कमै हुन्छ । त्यसै होला नेपालका आधिकांश कलेजहरूलाई बेरोजगार उत्पादन गर्ने शैक्षिक संस्था भन्ने आरोप लाग्ने गरेको छ ।
यस्तै परिवेशमा पर्यटन र हस्पिटालिटी क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव भएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले पढ्दै, सिक्दै, कमाउने र कलेज पास आउट हुँदा साथ रोजगारी दिने प्रतिबद्धताका साथ सिद्धार्थ एकेडेमी अफ टुरिजममा, हस्पिटालिटी, म्यानेजमेन्ट साथम कलेज सुरु गरेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गरी साथम कलेजले यसै शैक्षिक सत्र देखि नेपालगन्ज र चितवनमा चार वर्षे ब्याचलर इन हस्पिटालिटी , टुरिजम म्यानेजमेन्ट बिएचटिएममा पढाई सुरु गरेको छ । जुन सुकै विषयमा प्लस टु उर्तीण भएका विद्यार्थीले चार वर्षे बिएचटिएमको पढ्न सक्नेछन् । यो कोर्ष पढ्नका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले लिने इन्ट्रान्स परीक्षा तथा अन्तर्वार्ता भने पास गर्नुपर्छ ।
साथम कलेजको एकेडेमिक र प्राक्टिकल कक्षाहरू सिद्धार्थ ग्रुप नेपालगन्जको स्थित चार तारे होटेल सिद्धार्थ र सिद्धार्थ होटेल नारायणघाट परिसर भित्रै सञ्चालन हुन्छन । कलेजले गत बर्ष देखि नै बिएचटिएम कोर्षमा पढाइ सुरु गरेको हो । ग्रुपको भैरहवा स्थित सिद्धार्थ भिलासामा यो कोर्षमा पढाइ भइ रहेको छ । चालु शैक्षिक सत्रमा साथम कलेजले नेपालगन्ज र नारायणघाटमा पढाइ सुरु गर्नका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट अनुमति पाइ सकेको छ । साथम कलेज लुम्बिनी बौद्ध विश्वविद्यालयको लर्निङ सेन्टर हो ।
बिएचटिएम कोर्षमा फुड प्रोडक्सन, फुड सर्भिसेस, हाउसकिपिङ, टुरिजम , फ्रन्ट अफिस, मार्केटिङ जस्ता विषयमा सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ । यो कोर्ष पुरा गर्न १२४ ९ १ क्रेडिट बराबर १६ घन्टा क्रेडिट आवर पढ्नु पर्ने साथम कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताए ।
तीन वर्ष नेपालमा पढी सके पछि बाकी एक वर्ष विदेश गएर पढ्न चाहने विद्यार्थीका लागि इन्टरनेसल स्टुडेन्ट एक्स चेन्ज कार्यक्रम मार्फत लुम्बिनी बौद्ध विश्वविद्यालयले नै चीन र दक्षिण कोरियाका केही विश्वविद्यालयसँग सहकार्य गरेर छात्रवृत्तिमा पढ्ने र काम गर्ने अवसर मिलाइ दिने उहाँले बताउनु भयो । त्यसका लागि विद्यार्थीले भाषा लगायत विश्वविद्यालयले तोकेका शैक्षिक मापदण्ड पुरा गर्नु पर्ने छ ।
चार वर्षे कोर्ष बिएचटिएम कोर्षमा पढ्नका लागि ७ लाख ५० हजार लाग्छ । यो कोर्षमा ८ वटा सेमेस्टर हुन्छ । पहिलो सेमेस्टरमै शत प्रतिशत पढाइ हुन्छ । दोस्रो सेमेस्टरबाट सिक्ने र कमाउने क्रम सुरु हुन्छ । हरेक हप्ता कम्तीमा ३० घन्टा अनिवार्य रुपमा काम गर्नु पर्छ । कोर्ष पुरा हुने समय सम्म विद्यार्थीले करिब ५ लाख रुपैयाँ पढ्दा पढ्दै सिद्धार्थ होटेल मै काम गरेर कमाउने सुनिश्चता गरिएको छ ।
पढाई पुरा गरे पछि सिद्धार्थ ग्रुप देशैभर रहेका होटेल , रिर्सोट , रेष्टुरेन्ट , क्याफे ९ सिद्धार्थ ग्रुप अन्तर्गत पाच तारे, चार तारे र तीन तारे होटेल , रिर्सोट , रेष्टुरेन्ट र क्याफे गरेर ३२ वटा आउटलेट मा काम गर्ने अवसर पाउने सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताउनु भयो । सिद्धार्थका आउटलेटहरू करिब २ हजार कर्मचारी कार्यरत छन । जहाँ हरेक वर्ष करिब ३ सय कर्मचारी फेरबदल भइ रहन्छन ।
कोर्ष पुरा गरेका बिद्यार्थीहरुले अन्य तारे होटल, रिसोर्टका अतिरिक्त ,ट्राभल एन्ड टुरिजम,क्याट्रिङ म्यानेजमेन्ट,इभेन्ट म्यानेजमेन्ट, गैह सरकारी संघ संस्था, बैदेशिक रोजगारका साथै आफ्नै व्यवसाय सञ्चालन गरेर स्वउद्यमी बन्ने अवसर पनि उपलब्ध हुने छ । यो क्षेत्रमा यति नै कमाइ हुन्छ भन्ने छैन । स्वरोजगार हुने भएकाले आफ्नो लगानी अनुसार आम्दानी गर्न सकिन्छ । यो कोर्ष पुरा गरे पछि सुरुवाती जागिर मै मासिक कम्तिमा ४० हजार सम्म सहजै पारिश्रमिक पाउन सकिन्छ । आफै व्यवसाय गर्दा त्यो भन्दा धेरै पनि कमाउन सकिन्छ ।
होटल म्यानेजमेन्ट पढेका धेरै विद्यार्थी विदेश जाने गरेका छन् । होटल क्षेत्रमा राम्रो कमाइ हुने भएकाले नेपाली विद्यार्थीको रोजाइ विदेशका स्टार होटल पर्ने गरेका छन । चीन, बहराइन, हङकङ मलेसिया थाइल्यान्ड, अमेरिका, अष्ट्रेलियमा नेपाली विद्यार्थी काम र पढ्नका लागि पुग्ने गरेका छन ।
पढाइ सके पछि बर्क परमिट भिसामै विदेश जान सकिने भएकाले राम्रो काम गरे विदेशी होटलले त्यही राम्रो तलबमा राख्ने सम्भावना पनि हुन्छ । अन्य विषय पढेकाले भन्दा यो विषय पढेकाले विदेशका धेरै कमाउन पनि सक्छन् ।कोर्षपुरा गरे पछि बिद्यार्थीलाई प्रदान गरिने सर्टिफिकेटमा ज्ञान ,सीप र ब्यबहारमा प्राप्त गरेको नम्बर उल्लेख हुने कलेजका प्राज्ञिक निर्देशक निश्चल श्रेष्ठले बताउनु भयो ।
आर्थिक अवस्था कमजोर भएका तर बिएचटिम कोर्ष पढ्न चाहने विद्यार्थीका लागि कलेजले बैकहरुसंग सहकार्य गरेर शैक्षिक कर्जा मिलाइ दिने तयारी गरि रहेको छ । बैकबाट कर्जा लिएर पढ्ने विद्यार्थीहरुले पढ्दा पढ्दै होटेलमा काम गरेर कमाउने पैसाबाट सहजै कर्जाको ब्याज र साबा तिर्न सक्ने सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

 


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.