मिर्गौला दान

मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ

‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो'

नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटकपटक बिरामी पर्न थाले ।

प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात् दुर्लभ समूहको छ । संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई रक्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो ।

अन्ततः मिर्गौला प्रत्यारोपण नै गर्ने टुंगो भयो । तर, कसको मिर्गौला लिने भन्ने विषयमा छलफल भयो । रक्तदान गर्दै आएकी समीक्षा तयार भइन् । हुन त अन्य पनि इच्छुक थिए । तर, नाता र स्वास्थ्यको हिसाबले समीक्षाको मिर्गौला छनोट भयो । मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्रीनिवास बालुवाटारमा भनेकी थिइन्, ‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडेको नेता हो ।

त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ।’ समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
बिहि, फाल्गुन २२, २०७६ (March 5, 2020, 7:44 am) मा द्वारा नयाँ बिशेष अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिकृया दिनुहोस

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

धेरै कमेन्ट गरिएका

  1. २१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन : 2 प्रतिक्रिया
  2. पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा : 2 प्रतिक्रिया
  3. जन्मदिनको अवसरमा पत्रकार शाहि द्वारा सहारा घरमा बसिरहेकालाई लुगा वितरण : 1 प्रतिक्रिया
  4. ब्याटिङ कमजोर हुदा नेपालकाे लगातार दोस्रो हार : 1 प्रतिक्रिया
  5. कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द : 1 प्रतिक्रिया

ट्रेन्डिङ

  1. कविता- आफ्नै लासको चिन्ता
    1. चिया मजदुरमाथी जवरजस्ती- कि काममा आउ कि राजिनामा देउ
      1. भारतबाट फर्किएका एक व्यक्तिमा कोराना संक्रमण, संक्रमित संख्या ७ पुग्याे
        1. आज एकैदिन थप तीनजनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या ९ पुग्याे
          1. सिमानामा अलपत्र नेपाली बारे शिक्षक अर्जुन उपाध्यायको मन छुने स्टाटस

          भिडियाे

          थप

          ‘पोई पर्यो काले’ अब युटुबमा, दर्शक खुशी

          सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाकाे स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ (अडियाे)

          ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

          ‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

          सय यात्रु बोकेको विमान दुर्घटना, १४ जनाकाे मृत्यु