Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य

मिस वर्ल्ड नेपालमा गर्न आवश्यक सहयोग गर्ने मन्त्रीकाे प्रतिबद्धता

User Photo
शुक्रबार, फाल्गुन २३, २०७६
काठमाण्डाै ।

मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइको छ । विश्वको सर्वाधिक पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रुपमा हेरिने मिस वर्ल्डको पछिल्लो ६९ औँ संस्करण बेलायतमा भएको थियो ।

नेपालमा आयोजनाका लागि पहिलो चरणको छलफल गर्न बिहीबार मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेसहितको टोली काठमाडौँ आइपुगेको छ । अध्यक्ष जुलिया, मिस वर्ल्ड सिंहले बिहीबार नै पर्यटनमन्त्री योगेश भट्टराईसँग कार्यक्रम आयोजनाका लागि प्रारम्भिक छलफल अघि बढाएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

‘संसारकै सुन्दरीहरुको सुन्दर प्रतियोगिता संसारकै सुन्दर देशहरुमध्येको सुन्दर नेपालमा गर्न हाम्रो तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ छलफलमा मन्त्री भट्टराईले आश्वस्त पारेका थिए । नेपाली सारीमा उपस्थित भएकी अध्यक्ष मार्लेले मन्त्रीको आश्वासनपछि उत्साहित भएको बताएकी थिइन् ।

उनले प्रतियोगिता गर्न नेपालले उपलब्ध गारउने सक्ने स्रोतसाधन र सुरक्षाबारेमा चासो रोखेकी थिइन् । त्यसो त मिस वर्ल्डले यसअघि नै ७० औँ वार्षिकोत्सवसहितको प्रतियोगिता थाइल्याण्डमा हुन सक्ने घोषणा गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.