Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

टिकट बुकिङमा सहज, एक सातामा ३० हजार टिकट बुकिङ

User Photo
बिहिबार, अशोज १८, २०७५

गत वर्षको तुलनमा अहिलेको दशैंमा टिकट बुकिङ सहज भएको छ । सरकारले गत १८ चैतदेखि सिन्डिकेट खारेज गरेपछि समिति खारेज हुनुका साथै प्रालीका गाडी तथा  टिकट काउन्टर थपिएकाले टिकट बुकिङमा सहजता आएको लोत्से बहुउदेश्यीय प्रालीका प्रवन्धक सुनिल कुवँरले बताए ।

उनले भने,‘पोहोर प्रालीकै टिकट काउन्टर कम थिए ,अहिले थपिएका छन् ।’ एउटा मात्रै टिकट काउन्टर हुँदा सर्वसाधारणलाई टिकट बुकिङ गर्न समस्या भएको तर यसपाली टिकट काउन्टर थपिएकाले सहज भएको प्रवन्धक कुँवरले बताए । प्रालीका ९५ प्रतिशत टिकट बुकिङ भएको उनको भनाई छ । दशैका लागि दैनिक २ सयको हाराहारीमा प्रालीका गाडीहरु संचालन गरिने प्रबन्धक कुँकरले बताए ।

गत वर्षमा जस्तो यस वर्ष बसपार्क लगायतका टिकट काउन्टरमा सर्वसाधारणको भीडभाड छैन । सहज रुपमा टिकट काट्न पाएपछि सर्वसाधारणलाई पनि राहत हुने देखिएको छ ।

सरकारले यहि ५ असोजदेअि टिकट बुकिङ खोलेपनि समिति निकट व्यवसायीले भने ९ असोजबाट मात्रै टिकटको बुकिङ खोलेका थिए । टिकट बुकिङ सुरु भएको एक सातामा ३० हजारको हाराहरीमा टिकट बुकिङ भएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । सरकारकाले यसपाली  नयाँ गाडीहरु नथप्ने भएको छ । सर्वसाधारणले सहज रुपमा टिकट पाइरहेकाले पनि सरकारले नयाँ गाडी नथप्ने भएको हो । सूचना अधिकारी उपाध्याले भने,‘अहिलेसम्म टिकट सहज रुपमा पाइरहेकाले नयाँ गाडी थप्ने योजना छैन ।’ विहान ६ बजेदेखी बेलुका ५ बजेसम्म सर्वसाधारणले टिकट बुकिङ गर्न सक्नछन् । दशैँका बेला लगभग २० लाख यात्रुहरु काठमाडौँ उपत्यका बाहिरिने गरेका छन् । फुलपातीसम्म फुलपातीसम्म १० लाख यात्रुहरु बाहिरिने गरेका छन् ।

बढी भाडा लिनेको अनुगमन

दशैँको अग्रिम बुकिङको टिकट कालाबजारी गर्ने, बढी भाडा लिने, सहुलियत नदिनेलगायत नियम विपरीत काम गर्नेलाई यातायात व्यवस्था विभागले कारवाही गर्ने भएको छ । अनुगमन गरी कारवाहीको अभियान बुधबार देखी शुरु गरिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले बताए ।

सार्वजनिक यातायातका बारेमा धेरै गुनासा आएकाले आजदेखि आफैँ अनुगमनमा निस्किएको उनले बताए । विभागको नेतृत्वमा नयाँ बसपार्कबाट थानकोटसम्म अनुगमन भएको छ । नयाँ बसपार्कलगायतका स्थानमा समितिका सवारीले टिकट सकियो भन्ने गरेका छन् । दशैँमा लामो दूरीमा यात्रा गर्ने यात्रुले पहिल्यै टिकट लिने गरेका छन् । ९ असोज देखि मात्र यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ शुरु गरेका थिए ।

बुकिङ शुरु गरेको भोलिपल्टदेखि नै टिकट सकिसक्यो भन्दै कालाबजारीमा बढी भाडा लिएको यातायात सुधारका लागि आवाज उठाउँदै आउनुभएका रामबहादुर थापाले बताए । केही कम्पनीका टिकट काउन्टरले सीमित मात्रामा टिकट बुकिङ गरेपनि समितिका काउन्टरले भाडा बढाउने अस्त्रका रुपमा मात्र अग्रिम बुकिङलाई प्रयोग गरेको उनको भनाइ छ । नयाँ बसपार्कलगायत टिकट काट्ने काउन्टरमा समायोजन गरेको भाडा सूची नहुँदा यात्रुसँग मनपरी भाडा असुली भइरहेको छ ।

मन लागे जति भाडा लिन काउन्टरले कहाँबाट कहाँ जाने स्थानको नाम समेत लेख्दैनन् । सार्वजनिक यातायातमा देखिएका यस्ता समस्या समाधानका लागि अनुगमनलाई तीव्रता दिन लागिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । दशैँ अघि नै ७ असोजमा समायोजन गरिएको भाडा सूची प्रकाशन गरेर वितरण गर्न लागिएको उनले बताए । मुख्य–मुख्य चोकमा भाडा सूचीको बोर्ड राख्ने तयारी समेत भइरहेको विभागले जनाएको छ । विभागले तोकेको भन्दा  एकमात्र बढी भाडा लिए पनि पाँच हजार जरिवाना गरिने जनाइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.