Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

नेकपाका कार्यकर्ताद्वारा पत्रकार कुटिए

User Photo
शनिबार, कार्तिक २४, २०७५

रुकुम। नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहकाे सांघातिक आक्रमणमा घाइते भएका छन् ।

नेपाल प्रेस युनियनले एक विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ ।

खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरु समेत सांघातिक आक्रमणमा परेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका उनीहरु आक्रमणमा परेको जनाइएको छ ।

आक्रमणमा परि घाइते भएकाहरुको सदरमुकाम खलङ्गामा उपचार भइरहेको जनाइएको छ ।

युनियनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग पनि विज्ञप्तिमार्फत गरेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.