Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्ने सहमति

User Photo
शुक्रबार, भदौ २२, २०७५

काठमाडौं । नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । सन् २०१६ मा भएको पारवाहन सम्झौताअनुरुप नेपाल र चीनको प्रोटोकल (कार्यविधि) मा हस्ताक्षर  भएसँगै नेपालले चीनका सबै व्यापारीक बन्दरगाह प्रयोग गर्न पाउने भएको हो ।

दुवै देशका सरकारी अधिकारीबीच बिहीबार मध्यरातमा सम्झौता भएको हो । सम्झौताअनुसार अब नेपालले तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हासा, सिगात्से लगायतका सुक्खा  बन्दरगाह उपयोग गर्न पाउने भएको हो।

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्धारा जारी विज्ञप्तीमा  बन्दरगाहबाट नेपालसम्म आउने जुनसुकै उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धीत प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया, पारवहनसँग सम्बन्धी विविध विषयमा पनि महत्वपूर्ण सम्झौता भएको  उल्लेख उल्लेख गरिएको छ ।

नेपालका तर्फबाट बाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू र चीनका तर्फबाट त्यहाँका यातायात सेवा विभाागका महानिर्देशक वाङ सुपिङको नेतृत्वबीच दुई दिनको छलफलपश्चात पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिइएको हो।

हाल नेपालले भारतका दुई सामुन्द्रिक बन्दरगाहमात्रै प्रयोग गर्दै आएको छ।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग महत्वपूर्ण व्यापार तथा पारवहन सम्झौता गरेका थिए तर, उक्त सम्झौता कार्यान्वयनका लागि प्रोटोकलले मूर्त रुप पाएको थिएन ।

हेर्नुहाेस् सम्झाैतापत्र


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.