नर्स नै संक्रमित, अरुलाई सर्न नदिन गरिन् आत्महत्या

अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य

इटालीमा कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएकी एक नर्सले आफुमा कोरोना संक्रमित भएपछि आत्महत्या गरेकी छिन्। ३४ वर्षीया डेनिला ट्रेज्जी नाम गरेकी ती नर्स इटालीमा सुरुका दिनदेखि नै कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र लोम्बार्दीमा खटिएकी थिइन्।

उनी त्यस क्षेत्रमा कोरोना संक्रमितहरुको उपचारका लागि स्वास्थ्यकर्मीको टोलीको नेतृत्व गरेर उपचारमा तल्लिन थिइन्। बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार कोरोना संक्रमितहरुको उपचारमा रातदिन जुटेकी उनले आफैँमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आत्महत्या गर्ने निर्णय लिएकी हुन्।

उनी लोम्बार्दी क्षेत्रको मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे खटिएकी नर्स थिइन्। यो क्षेत्रलाई कोरोना भाइरसले सबैभन्दा धेरै चपेटामा पारेको छ ‘कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित हुन पुगेँ। अब अरु मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म भित्र छैन’, आत्महत्या गर्नुअघि उनले लेखेकी थिइन्, ‘त्यसैले अरु धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी छु।’

नर्सहरुको महासंघ इटालीले डेनिला ट्रेज्जी कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा खटिएकी थिइन्। डेलीमेलका अनुसा इटालीमा कोरोनाभाइरसविरुद्धको लडाईंमा नर्सहरु अग्रमोर्चमा खटिएका छन्। तर उनको आत्महत्याको खबरले सबै चिकित्सक र सिंगो मुलुक स्तब्ध भएको नर्सहरुको महासंघले जनाएको छ। महासंघका अनुसार ती नर्समा गरिएको परीक्षणमा कोरोनाभाइरसको पोजेटिभ आएको थियो। त्यसपछि उनी अरुलाई संक्रमण हुन सक्ने कुराले तनावमा थिइन्। महासंघले अरुलाई जोगाउन भन्दै नर्सले आत्महत्या गरेकोमा सिंगो देश नै स्तब्ध भएको जनाएको छ। ‘कयौँ दिनरात कोरोना संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण भएको थियो’, महासंघले भनेको छ, ‘एकजना नर्सले अरुको ज्यान जोगाउन आफ्नो ज्यान त्यागेको कुराले हामी मर्माहत भएका छौं।एजेन्सी

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
बिहि, चैत्र १३, २०७६ (March 26, 2020, 8:23 am) मा द्वारा अन्तर्राष्ट्रिय समाचार अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिकृया दिनुहोस

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

भर्खरै

धेरै कमेन्ट गरिएका

  1. २१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियन : 2 प्रतिक्रिया
  2. पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्यारा : 2 प्रतिक्रिया
  3. जन्मदिनको अवसरमा पत्रकार शाहि द्वारा सहारा घरमा बसिरहेकालाई लुगा वितरण : 1 प्रतिक्रिया
  4. ब्याटिङ कमजोर हुदा नेपालकाे लगातार दोस्रो हार : 1 प्रतिक्रिया
  5. कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द : 1 प्रतिक्रिया

ट्रेन्डिङ

  1. संकटमा पनि सेवा गर्नु निजि अस्पतालको दायित्व- लिला बिष्ट (संचालक लालरत्न अस्पताल)
    1. अन्तराष्ट्रीय मोहन्याल युवा समाज द्वारा मोहन्याल गाउपालिकामा १,७०० थान माक्स बितरण
      1. बेल्जियमबाट आएकी बागलुङकी एक युवतीमा कोरोना संक्रमण पुष्टि
        1. नेपालमा काेराेना संक्रमित संख्या ४ पुग्याे, धनगढीमा एक जना संक्रमित भएकाे पुष्टी
          1. आधा सिलिन्डर भरेको ग्यास मात्र पाइने

          भिडियाे

          थप

          ‘पोई पर्यो काले’ अब युटुबमा, दर्शक खुशी

          सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाकाे स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ (अडियाे)

          ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर सार्वजनिक

          ‘सेल्फी किङ्ग’को ‘जिन्दगीको के छ र भर’ रिलिज

          सय यात्रु बोकेको विमान दुर्घटना, १४ जनाकाे मृत्यु