Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

क्यारेवियन लिगमा सन्दीपकाे शानदार डेब्यू

User Photo
शुक्रबार, साउन २५, २०७५

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा शानदार डेब्यू गरेका छन् । तर, उनको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स हारेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

जवाफमा मैदान उत्रिएको गुयाना वारियर्सको पहिलो विकेट नै सन्दीपले लिए । दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिँदै सीपीएलको डेब्यूलाई शानदार बनाए ।

उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । समग्रमा ४ ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।

तर, वेष्ट इण्डिजका यू–१९ टोलीका सदस्य सिम्रन हेटमेयरले शानदार पारी खेलेपछि क्रिस गेल र सन्दीप दुवै छायाँमा परे ।

उनले मात्र ४५ बलमा ७९ रनको अविजित पारी खेलेपछि गुयाना वारियर्सलाई २१ बल बाँकी छँदै ६ विकेटको जित निकाल्यो । म्यान अफ द म्याचसमेत बनेका उनले ४५ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.