Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

रोनाल्डो अस्पताल भर्ना

फ्यानहरु चिन्तित

User Photo
सोमवार, साउन २८, २०७५

एजेन्सी । ब्राजिलका आइकन गत शुक्रबार अस्पताल भर्ना भएका छन् ।

निमोनियाले ग्रस्त भएपछि रियल म्याड्रिडका पूर्व फरवार्डलाई इबिजास्थित अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।

त्यसपछि उनलाई क्लिनिका नुइस्ट्रा सेनोरा डेल रोसारियो नामक निजी अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

४१ वर्षीय खेलाडी अस्पताल भर्ना भएको खबर बाहिर आएपछि विश्वभरका उनका फ्यानहरु चिन्तित बनेका थिए । धेरैले समाजिक सञ्जालमा उनको शीर्ष स्वास्थ्यलाभको कामना गरेका थिए ।

आइतबार रोनाल्डोले आफ्नो आधिकारिक ट्वीटर एकाउन्टबाट ट्वीट गर्दै आफ्नो स्वस्थ्य स्थितिबारे पछिल्लो अपडेट प्रदान गरेका छन् ।

उनले शुक्रबार अस्पताल भर्ना भएको पुष्टि गर्दै अहिले स्वास्थ्यमा सुधार आएको बताएका छन् । ‘भोलि म डिस्चार्ज हुँदैछु र घर फर्कनेछु,’ उनले लेखेका छन् ।

उनले माया र सन्देशका लागि सबैलाई धन्यवाद दिएका छन् ।

स्पेनिस टापुमा रोनाल्डो यतिबेला छुट्टी मनाइरहेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.