Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा पनि सन्दीपले लिए २ ओभरमा २ विकेट

User Photo
बुधबार, भदौ ६, २०७५

नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगमा बुधबार पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भएका छन् ।

कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा सन्दीपले २ ओभरमा २ विकेट लिएका हुन् । उनले जारी चार खेलमा सात विकेट लिइसकेका छन् । यसअघि उनले एमाजोनाविरुद्ध दुई, टी एण्ड टी राइटर्सविरुद्ध एक र तालावाजविरुद्ध दुई विकेट लिएका थिए ।

उनको टिमले जारी प्रतियोगितामा दोस्रो जित पनि निकालेको छ । सिपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले आफ्नो प्रभाव सेन्ट लुसियाविरुद्धको खेलमा पनि बनाएका छन् । उनले दुई ओभरमा मात्र १२ रन दिएर दुई विकेट लिए ।

सन्दीपले पहिलो विकेटका रुपमा आक्रामक खेलाडी डेविड वार्नसलाई आउट गरेका हुन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.