Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

एसिया कप छनोट : नेपाल युएईसँग ७८ रनले पराजित, दोस्रो हारपछि फाइनल पुग्ने सम्भावना कमजोर

एसिया कप छनोट

User Photo
बिहिबार, भदौ १४, २०७५

काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

बिहीबार भएको खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भएको हो। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८.५ ओभरमा १७६ रनमा अलआउट भयो।

नेपालका लागि ओपनर सुबास खकुरेलले अर्धशतक प्रहार गरे। उनी नेपालका लागि अर्धशतक प्रहार गर्ने चौथो खेलाडी समेत बने। कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गरिसकेका छन्। यस्तै दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे। सोमपाल कामी २७ रनमा नटआउट रहे।

युएई विरुद्ध मध्यम लक्ष्य पछ्याएपनि सुरुवात देखि नै लगातार विकेट गुमाउँदा नेपालले राम्रो ब्याटिङ गर्न सकेन।

बलिङमा युएईका अहेमद राजाले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै मोहम्मद नभिदले ३ र अमिर हायतले २ विकेट लिए।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको हो।

युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६५ रन बनाए। यस्तै एडनान मुफ्टीले नटआउट ५९ रन बनाए। अस्फाक अहेमदले ४५ तथा रमिज शहजादले ३५ रन जोडे।

बलिङमा नेपालक लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २६ रन खर्चेर ४ विकेट लिए। यस्तै बसन्त रेग्मी र सोमपाल कामीले २-२ विकेट लिए।

सागर पुनले यसै खेलमार्फत नेपालको लागि ओडिआईमा डेब्यु गरे। तर डेब्यु खेलमा उनी ४ रनमा आउट भए।

लगातार दुई हारपछि नेपाललाई अब शीर्ष दुईमा रहँदै फाइनल पुग्न बाँकी ३ खेल जित्नैपर्ने दबाब छ। साथै अन्य खेलको नतिजा पनि आफूअनुकुल आउनुर्नेछ।

उता लगातार दुई खेल जितेको युएई भने ४ अंकसहित शीर्ष स्थानमा छ। ओमानले पनि लगातार दुई खेल जितेको छ। सिंगापुरलाई ५ विकेटले हराएको हङकङले पनि पहिलो जित हात पारेको छ। नेपाल र सिंगापुर दुई हारपछि अंकविहिन छ।

नेपालले अब तेस्रो खेल शनिवार मलेसियासँग खेल्नेछ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.