Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

आइसीसी टि-ट्वान्टी उप-क्षेत्रिय क्रिकेट : नेपालले म्यानमारलाई ८ विकेटले हरायो

User Photo
बुधबार, अशोज १७, २०७५

म्यानमानरलाई सहजै पन्छाउँदै नेपालले आइसीसी टि-ट्वान्टी उप क्षेत्रिय क्रिकेट छनोट प्रतियोगितामा विजयी सुरूवात गरेको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा म्यानमारले दिएको ३० रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३ ओभरमा पुरा गर्‍यो।नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन। नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले आफ्नो खाता खोल्न सकेनन ।

त्यसपछि अनिलकुमार शाह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजीत १४ रन बनाउदा नेपालले सहज जित हात पार्‍यो। यसअघि म्यानमारमाथि नेपालले २ बलमा खेल जित्दै दुर्लभ कीर्तिमान बनाएको थियो।

२००६ अगस्ट २० तारिकमा म्यानमारविरुद्धको खेलमा नेपालले विश्व रेकर्ड बनाएको थियो। पहिले ब्याटिङ गरेको म्यानमार १२.१ ओभरमा १० रनमै अलआउट भएको थियो। म्यानमारका कुनै पनि ब्याट्सम्यानले २ रन समेत जोड्न सकेका थिएनन्। नेपाली बलरसामूह निरिह बनेका म्यानमारका ५ ब्याट्सम्यान १ रनमा आउट भए। ६ ब्याट्सम्यान शून्य रनमै पेभेलियन फर्किएका थिए।

म्यानमारको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका मेहबुब आलामले ७ विकेट लिएका थिए। उनले ६.१ ओभर बलिङ गर्दा ३ रन मात्र खर्चिए। बाँकी ३ विकेट विनोद दासले हात पारे। दासले ६ ओभरमा ४ रन खर्चिएका थिए।

बलिङमा सनसनी मच्चाएको नेपालले ११ रनको लक्ष्य केवल २ बल खेलेर पार गरेको थियो। २ बलमा लक्ष्य पार गर्दा विश्व रेकर्ड बनेको थियो।

खेलमा नेपालको ओपनिङमा महेश क्षेत्री र धिरेन्द्र चन्द थिए। दुवैले १–१ बलको सामाना गर्दा समान नटआउट ३–३ रन बनाएका थिए। बाँकी पाँच रन नेपालले वाइडबाट पाएको थियो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.