Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

साफ यू–१८ महिला च्याम्पियनसिपः आज नेपाल र भारत भिड्दै

User Photo
शुक्रबार, अशोज १९, २०७५

साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार ३ः१५ बजे भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा हुनेछ ।

भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । तर भारतलाई पराजित गर्नु नेपाललाई त्यति सजिलो भने छैन । किनभने भारत बलियो टिम हो ।

भारत समूह ए बाट विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको टिम हो । नेपाल भने समूह बीको उपविजेता टिम हो । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने बंगलादेशसँग २–१ गोलअन्तरले पराजित हुदै नेपाल उपविजेता बनेर सेमिफाइनल पुगेको थियो ।

यता, भारतले भने पहिलो खेलमा आयोजक भुटानलाई ४–० गोलले पराजित गरेको थियो । अर्को खेलमा भारतले माल्दिभ्सलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.