Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

सेमिफाइनलमै रोकियो नेपालको यात्रा, भारतसँग १–० ले पराजित

User Photo
सोमवार, मंसिर ३, २०७५

काठमाडौं। पाँचौं अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनलमै रोकिएको छ । गुवाहाटी रंगशालामा आइतबार भएको खेलमा भारतको मनिपुरले नेपालको सिएमजी भेट्रान क्लबलाई १–० गोलले हरायो ।

अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा त्यति जम्न सकेन ।

नेपालले समूह चरणको पहिलो खेलमा भारतको डिमापुरलाई २–१ गोलले हराएको थियो । दोस्रो खेलमा मेट्रो आसामलाई गोलरहित बराबरीमा रोकेको नेपालले तेस्रो खेलमा आसामलाई १–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो ।

भारतको युनाइटेड ब्रदर्स क्लबले आयोजना गरेको प्रतियोगितामा आठ टोलीले भाग लिएका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.