Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

टी–१० क्रिकेट लिगमा सन्दीपको उत्कृष्ट बलिङ

User Photo
बिहिबार, मंसिर ६, २०७५

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने युएईमा जारी टी–१० क्रिकेट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिन सफल भएका छन् ।

केरला किंग्समा अनुबन्धित हुँदै टी–१० क्रिकेट लिग खेलेका सन्दीपले पहिलो खेलमा नै उत्कृष्ट बलिङ गर्दै सकैको ध्यान तान्न सफल भएका हुन् । सन्दीपले टिम पख्तुनविरुद्ध आफ्नो टिम केरला किंग्सलाई ८ विकेटले समेत विजयी गराए ।

सन्दीपले दुई ओभर बलिङ गर्दै १७ रन खर्चेर तीन विकेट लिएका थिए । सन्दीपका धारिलो बलिङमा पख्तुनले १० ओभरमा पाँच विकेटको क्षतिमा १०९ रन बनाएको थियो । पख्तुनको लागि आन्द्रे फ्लेचर ३२, क्यामरुन डेलपोर्टले अविजित २८ र लियाम डवसनले २५ रन बनाएका थिए ।

११० रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको केरलाले ७.५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६, पाउल स्ट्रलिङले ४०, क्रिस गेलले १३ र केइरन पोलार्डले अविजित ११ रन बनाए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.