Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

मेस्सी, पीके र स्वारेजको गोल

User Photo आइतवार, फाल्गुन २६, २०७५

 स्पेनिस ला लिगा फुटबलको शीर्ष टोली बार्सिलोनाले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३–१ गोलले हरायो । घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाका लागि स्टार खेलाडीहरु जेरार्ड पीके, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे । रायो भालेकानोका लागि राउल डी टोमसले एक गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता रायो भालेकानोले लिएको थियो । २४औं मिनेटमा राउल डी टोमसले पहिलो गोल गरे । त्यसपछि जोसिएको बार्सिलोनाका लागि ३८औं मिनेटमा पीकेले बराबरी गोल फर्काए । ५१औं मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अगाडी बढाए । जारी सिजन ला लिगामा मेस्सीको यो २६औं गोल हो । ८२औं मिनेटमा स्वारेजले अर्को गोल गर्दै टोलीको जित सहज बनाए ।

जितसँगै बार्सिलोनाले २७ खेलबाट ६३ अंक बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा सात अंकले अगाडी छ । २३ अंक बनाएको रायो भालेकानो रेलिगेसनको मारमा छ ।

यसैगरी शनिबार रातिनै भएको अर्को खेलमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले लेगानेसलाई १–० गोलले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा एट्लेटिकोको जितमा सउल निग्वीजले ५०औं मिनेटमा गोल गरेका थिए । जितसँगै एट्लेटिकोले २७ खेलबाट ५६ अंक बनाएको छ । ३३ अंक बनाएको लेगानेस १३औं स्थानमा छ ।

अर्को खेलमा चोथौं स्थानमा रहेको गेटाफेले एसडी हुइस्कालाई २–१ गेलले हरायो । जितसँगै गेटाफेले २७ खेलबाट ४५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलबाट ४८ अंक पुगेको छ । अन्तिममा रहेको हुइस्काको २२ अंक छ । इबर र डिर्पोटिभो अलाभेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.