Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

बायर्न म्युनिख शीर्ष स्थानमा

User Photo
आइतवार, फाल्गुन २६, २०७५

 वल्सवर्गमाथि गोलबर्षा गर्दै साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बायर्नले वल्सवर्गलाई ६–० गोलले हरायो । २५ खेलबाट ५७ अंक बनाएको बायर्ननले समान अंक बनाएको बोरुसिया डर्टमन्डलाई गोलअन्तरमा पछि पारेको हो ।

बायर्नको पजितमा रोबर्टाे लिवान्डोस्कीले दुई तथा सर्जि जिनाव्री, हामेस रोड्रिग्वेज, थोमस मुलर र जोसुवा किम्मिचले एक एक गोल गरे । ३४औं मिनेटमा जिनाब्रीको गोलबाट बायर्न अघि बढेको थियो । ३७औं मिनेटमा रोबर्टाे लिवान्डोस्कीले बायर्न अग्रता दोब्बर बनाए ।

५२औं मिनेटमा हामेसले तेस्रो गोल गरे । ७६औं मिनेटमा थोमस मुलरले एक गोल थपे । ८२औं मिनेटमा किम्मिचले एक गोल र ८५औं मिनेटमा रोबार्टाेले व्यक्तिगत दोस्रो गरेपछि बार्यनले फराकिलो जित निकालेको थियो ।

शनिबार रातिनै भएको अर्काे खेलमा बोरुसिया डर्टमन्डले भिएफवी स्टुटगार्डलाई ३–१ गोलले हरायो । बोरुसियाको जितमा मार्काे रिउसले ६२औं, फ्रान्सिस्को अल्कासेरले ८४औं र क्रिस्टियन पुलिसिकले ९०औं मिनेटमा गोल गरे । स्टुगार्डका मार्क किम्फले ७१औं मिनेटमा एक गोल फर्काएका थिए ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.