Kanoon Post
बिहिबार, चैत्र १५, २०८०/ March 28, 2024,
बिहिबार, चैत्र १५, २०८०

Trending :

No tags found.

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाण्डाै ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उहाँको उपचारका क्रममा गए राति निधन भएको हो ।

मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । क्यानले उहाँको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको थियो ।

यस्तै नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले ‘तामाङ सहयोग अभियान’ सञ्चालन गरेको थियो । यस क्रममा तामाङलाई रु ५० हजार सहयोग गरेको थियो । समाजले उक्त रकम तामाङकी श्रीमती निरमायालाई हस्तान्तरण गरेको थियो । “थप रकम हस्तान्तरण गर्ने तयारीमा थियौँ”, समाजका अध्यक्ष भानु सिग्देलले भन्नुभयो ।

यसैगरी तामाङको उपचारका लागि नेपाल क्रिकेट खेलाडी सङ्घ (सीप्यान)ले समेत रु एक लाख ३३ हजार सहयोग गरेको थियो । दुवै मिर्गौलामा समस्या आएपछि अस्पताल भर्ना भएका तामाङ डेढ दशकदेखि त्रिवि क्रिकेट मैदानको रेखदेख गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading