Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

मुनामदनमा भ्रमणबर्षः विद्यार्थीलाई परम्परागत र जातिय पोशाकमा स्कुल आउन आह्वान

फरक शैलीमा मुनामदनकाे भ्रमण बर्ष

User Photo
आइतवार, पुस २७, २०७६
झापा ।

तपाईंले भ्रमण बर्षलाई कसरी स्वागत गर्नुभयो ? कोहि नयाँ ठाउँको भ्रमण गर्दै हुनुहुन्छ होला अनि कोहि भने त्यसको तयारीमा। देशभर विभिन्न समुह र संघ सस्थाहरुले फरक शैलीमा भिजिट नेपाल २०२० को प्रबर्द्धन गरिरहेका छन्।

यस्तै झापा बुद्धशान्तीको मुनामदन एकाडेमीले पनि भ्रमण बर्षलाई स्वागत भन्दै आफ्ना विद्यार्थीहरुलाई परम्परागत र जातिय पोशाक लगाउन आह्वान गरेको छ।

हरेक महिनाको अन्तिम मंगलबार प्राथमिक तह भन्दा माथिका विद्यार्थीले ऐच्छिक रुपमा आफ्ना जातिय पोषाक लगाउन मिल्ने बिद्यालयका प्रधानाध्यापक चेतन ढुङ्गेलले बताए।

१००० भन्दा माथी विद्यार्थी रहेको उक्त बिद्धालयमा २० भन्दा बढी जातजातिका बिद्यार्थीहरु अध्ययनरत छन्। पर्यटन बर्ष 2020 लाई भव्यताका साथ सफल बनाउन आफ्नो बिद्ध्यालयले बहुजाती, बहुभाषि, बहु- साँस्कृतिक समाजमा आफ्नो भाषा ,भेषभुषाको संरक्षण गर्न सकियोस भन्दै यो कार्यक्रम संचालन गरिएको पनि प्रधानाध्यापककाे भनाइ छ।

यस्तो कार्यक्रम पुर्वान्चलमै पहिलो भएको पनि विद्यालयले दावी गरेकाे छ।

परम्परागत पाेशाकमा विद्यार्थीहरू

परम्परागत पाेशाकमा विद्यार्थी तथा शिक्षकहरू

परम्परागत पाेशाकमा विद्यार्थी तथा शिक्षकहरू

परम्परागत पाेशाकमा विद्यार्थीहरू


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.