Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

स्वर्गकी अप्सरा रारा, संरक्षणको प्रखाईमा, सरकारले चिन्न नसकेको ठाउँ

रारा ताल अवलोकनका लागि सरकारले विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन

User Photo
शनिबार, कार्तिक ८, २०७७
लम्की, कैलाली ।

नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताललाई लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको पुरानो किम्बदन्ती छ । समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेको छ ।रारा तालको लम्बाई ३.२ किलोमिटर र गहिरा १ सय ६७ मिटर छ । रारा ताल कुल १०.८ किलोमिटरमा फैलिएको छ ।

तर,हामी त्यहाँ पुग्दा लाग्यौं कि रारा ताल अवलोकनका लागि सरकारले विदेशी पर्यटकको खासै मन तान्न सकेको छैन । अर्को कुरा आन्तरिक पर्यटकले पनि सिजनको बेला सहजै बासपाउने अवस्था छैन । रारा तालको छेउमै डाफे होटल लगायत दुई वटा मात्रै बास बस्ने ठाउँ छ । भएको ती होटलमा पनि प्रसस्त मात्रामा रुम छैन ।

होटलले आएका पाउनालाई खानपिन का लागि बाहिर राख्ने गर्छ । रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो साझ एउटा र बिहान अर्को कलर फेर्ने गर्दछ । नेपालको सबै भन्दा ठूलो रारा तालमा जति बाह्य पर्यटकका आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । तर स्वदेशी पर्यटकको भने उल्लेखनीय रुपमा आगमन हुने गरेको छ ।

मैले दुई बर्ष अघि देखि रारा जाने निर्णय गरेको थिए तर यतिबेला नेपाली काँग्रेसका नेता महासमिति सदस्य दाजु कमल बहादुर शाहले मेरो यो रहर पुरा गर्नु भएकोमा निकै आभारी छु।दाजु सँगै हामी दस जनाको टोली थियोे ।यहाँदेखि हिडे देखि फर्केर यहाँ पुग्दा सम्म यात्रालाई सहज बनाउन हामी दस जनाको उतिकै महत्त्वपूर्ण भुमिकामा थियौ।सायद नेपालको घुम्ने ठाउँ कहि हो भने रारा हो ।
बाटोभरि अनुभव संगालेका धेरै कुरा लेख्न रहर छ तर अहिले यति भन्छु कि कर्णाली प्रदेशमा सरकारले आँखा कहिले पुर्‍याउन सक्दैन यो अत्यन्तै दुखद कुरा छ।जे जस्तो भए पनि सकिन्छ भने तपाईं पनि एकपटक यात्रा गर्नुहाेला ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.