Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

बिम्स्टेकमा ऊर्जा सहायता अभिवृद्धिको समझदारी

बिम्स्टेक

User Photo
मङ्लबार, भदौ १२, २०७५

शरच्चन्द्र भण्डारी/रासस

काठमाडौ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

राजधानीमा आज सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९औँ बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको हो ।

बिम्स्टेक मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौँमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

आजको बैठकमा बिम्स्टेकअन्तर्गतका सहयोगलाई थप प्रभावकारी बनाउने तथा सङ्गठनलाई व्यावहारिक बनाउनेबारेमा गहन छलफल हुनका साथै बिस्टेकको प्रभावकारिताका निम्ति बिम्स्टेक विकास कोष स्थापनाको संभाव्यता, सदस्य देशको सुझावअनुरुप विद्यमान १४ सहायताका क्षेत्रको तार्किक व्यवस्थापन एवम् पुनर्गठन तथा मूलभूत प्राथमिकताका क्षेत्रको पहिचानबारे ठोस छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए ।

क्षेत्रीय सहयोगको वास्तविक भावनाअनुसार सौहार्दपूर्ण वातावरणमा भएको सदस्य देशका परराष्ट्र सचिवहरूको बैठकमा सङ्गठनका निर्णय कार्यान्वयनका निम्ति सदस्य राष्ट्रलाई सघाउने गरी बिम्स्टेक सचिवालयलाई सुदृढ तुल्याउने, सङ्गठनको बडापत्र बनाउन प्रारम्भिक चरणका कार्यसम्पादन गर्ने तथा बिम्स्टेक संयन्त्रका कार्यविधि र प्रक्रियाका सम्बन्धमा व्यापक विचारविमर्श भएको जानकारी उनले दिए ।

बैठकमा महासचिवको प्रतिवेदनमा विवेचन गर्दै त्यसकै आधारमा संगठनमा भएको समझदारीअनुरुपका सहयोगका क्षेत्रको प्रगति भएको थियो । बिम्स्टेकलाई थप प्रभावकारी एवं परिणाममुखी तुल्याउनुपर्नेमा सहभागी सबैले जोड दिँदै हालसम्म सचिवालयले गरेको कामप्रति बैठकले कृतज्ञता व्यक्त गरेको छ ।

त्यसैगरी आजको बैठकले भन्सारसम्बन्धी सहायता, सम्पर्क र सम्बन्ध विस्तार, प्रविधि, प्रतिआतंकवाद अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्य र सचिवलायको सुदृढीकरण र त्यसको बजेट अनुमोदन गरेको छ ।

साथै बैठकले व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधिलगायत १४ वटा विज्ञ समूह एवम् संयन्त्रका प्रतिवेदन पनि अनुमोदन गरेको जानकारी प्रवक्ता पौड्यालले दिए ।

ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउने, सबै सदस्य राष्ट्रलाई सतह, जल र हवाईमार्ग तथा अप्टिकल फाइबरबाट जोड्ने, बिम्स्टेक क्षेत्रमा व्यापार विस्तारलाई बढावा दिने उपाय अवलम्बन, समग्र बिम्स्टेक क्षेत्रलाई शान्ति, समृद्धि र दिगोपनातर्फ उन्मुख गराउने तथा गरीबी हटाउने विषयलाई पनि बैठकले उच्च प्राथमिकता दिएको एकजना सहभागीले बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.