Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

अर्थतन्त्रमा खतरा छैन : अर्थमन्त्री

User Photo
बुधबार, भदौ १३, २०७५

काठमाडौ : अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान अवस्थामा अर्थतन्त्रमा कुनै खतरा नरहेको बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)को १९औँ वार्षिक साधारणसभाको अवसरमा उनले भने, “हामी सबल अर्थतन्त्र निर्माण गर्ने चरणमा छौँ, अहिले अर्थतन्त्रमा कुनै खतराको बिन्दु देखिएको छैन । सबल अर्थतन्त्रका राम्रा पक्षलाई ओझेलमा पारिनु हुँदैन, यसले निजी क्षेत्रमा निरासा उत्पन्न हुन्छ ।”

अर्थमन्त्री डा खतिवडाले बजेट अनुशासनमा आएको र केही आलोचना खेप्नुपरे पनि मुलुककै हितमा रहेको स्पष्ट पारे। संरचनागत कमजोरीले व्यापार घाटाका चुनौती बढेको उल्लेख गर्दै उहाँले निर्यातमुखी अर्थतन्त्रको विकासमा अघि बढ्नुपर्छ बताए।

निजी क्षेत्रको लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेकाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्यलाई सार्थक तुल्याउन निजी क्षेत्रबाट दुई तिहाइ लगानी र प्रशस्त रोजगारी सिर्जना हुनुपर्नेमा उहाँको जोड थियो । अर्थमन्त्री डा खतिवडाले वित्तीय सङ्घीयता कार्यान्वयनका लागि धमाधम कानून निर्माण भइरहेको पनि जानकारी दिएका छन्।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले उद्यमशीलताको विकास तथा लगानी प्रवद्र्धनका लागि सरकारले आवश्यक वातावरण बनाउनुपर्नेमा जोड दिएकाछन् । सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले अर्थतन्त्रका नकारात्मकभन्दा सकारात्मक पक्षलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.