Naya Media
मङ्लबार, माघ ६, २०८२
| | January 20, 2026
मङ्लबार, माघ ६, २०८२

एयर एसियाको नेपाल उडान बन्द

User Photo
शुक्रबार, भदौ २२, २०७५

काठमाडौं । मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्सले नेपाल उडान बन्द गर्ने निर्णय गरेको छ।यो वायुसेवाले असोज २७ गते (अक्टोबर १३) देखि नेपाल उडान बन्द गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई औपचारिक जानकारी गराएको छ।विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नेपालबाट मलेसिया जाने यात्रु घटेकाले उडान बन्द गर्नुपरेको जानकारी दिए।

यात्रु अभावकै कारण विगत पाँच महिनादेखि निरन्तर घाटामा गएकाले बाध्य भएर उडान बन्दको निर्णय लिनुपरेको जानकारी एयरलाइन्सले दिएको छ।क्षेत्रीका अनुसार यो वायुसेवाले तीन साता अगाडि नै नेपालमा गर्दै आएको उडान एक वर्षका लागि रद्द गर्ने निर्णयसहितको पत्र दिएको थियो।एक वर्षपछि हुने यात्रुको अवस्थाका आधारमा पुनः उडान गर्न सक्ने गरी उडान रद्द गरिएको छ ।

एयरलाइन्सले प्राधिकरणलाई उडान तथा अवतरण बापत तिर्नुपर्ने सबै शुल्क चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ।पछिल्लो समय बक्यौता राखेको शुल्क भने साढे २२ करोड रुपैयाँ बुझाइसकेको छ।अझै साँवा साढे चार करोड र शुल्क नतिरेका कारण बढ्दै गएको जरिवानाका कारण अझै १७ करोड रुपैयाँ बुझाउनुपर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यो वायुसेवाले ६ वर्ष अगाडि अर्थात् २०६९ असार तेस्रो साताबाट नियमित रूपमा क्वालालम्पुर–काठमाडौं दुईतर्फी उडान गर्दै आएको छ।यो वायुसेवाले सातामा पाँचवटा उडान गर्दै आएकोमा गत महिनादेखि चारवटा मात्रै गरिरहेको छ।उडान संख्या घटाउँदै नेपाल उडानै बन्द गर्ने तयारीमा यो वायुसेवा पुगेको छ।यो वायुसेवाले एयरबस कम्पनीको तीन सय जनाभन्दा बढी क्षमताको ए ३३०–२०० सिरिजको जहाजबाट नेपाल उडान गर्दै आएको छ ।

नेपालमा उडान सुरु गर्ने र बन्द गर्नेमा अघिका अन्य बजेट एयरलाइन्स पनि प्रतिकूल समय देखाउँदै बन्द हुँदै गएका थिए।यसअघि यूएईको ¥याक एयर, दुवाईको फ्लाई दुवाई, भारतको किङफिसर, बहराइनको गल्फ एयर, पाकिस्तानको पीआईएसहितका वायुसेवाले पनि उडान बन्द गरिसकेका छन्।उडान अनुकूल हुँदा गर्ने र प्रतिकूल हुँदा बन्द गर्नु सामान्य भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.