Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

बाटो थाहा नपाउँदा फर्कियो अपी हिमाल आरोहणमा गएको विदेशी टोली

User Photo
बिहिबार, अशोज १८, २०७५

अपी हिमाल आरोहण गर्न गएको चेक गणतन्त्रको टोली हिमाल आरोहण नगरी फर्किएको छ। पाँच हजार ६ मिटरको उचाइमा पुगेपछि भौगोलिक जटिलताका कारण टोली फर्किएको पथप्रदर्शक कपुर तामाङले जानकारी दिए।

दुम्लिङबाट उत्तरतिर पर्ने तम्बाकु क्षेत्रमा उत्तरतिर जाने बाटो नै नपाएर भदौ २९ गते आरोहण टोली घुसा क्षेत्रबाट आरोहण गर्न फर्किएको  स्थानीय युवा शोभनसिंह लोथ्यालले बताए। तर अपी हिमालको दक्षिणपूर्वी मोहडाबाट आरोहण गर्न निकै जटिल भएकाले टोली अपी हिमाल आरोहण नगरी फर्किएको हो।

स्वागत गर्ने बाटो नबताउने 

दार्चुलामा आफ्नो टोलीलाई ठाउँ ठाउँमा स्वागत गरिएको भए पनि व्यासबाट जान लाग्दा बाटोबारे कसैले प्रष्ट जानकारी नदिएको आरोहण टोलीका सदस्यहरूले गुनासो गरेका छन्। ‘दार्चुलाबासीले बाटोको बारेमा प्रष्ट जानकारी नदिएको कुराले खल्लो बनाएको छ’, नेपाल पर्यटन बोर्डबाट टोलीलाई पथप्रदर्शन गरेका तामाङले भने।

भदौ २७ गते व्यास भएर अपी आरोहण गर्न दार्चुला सदरमुकाम पुगेको दुई नेपाली र ६ जना चेक गणतन्त्रका नागरिकसहितको टोली भदौ २८ गते सुन्सेरा र भदौ २९ गते दुम्लिङ पुगेको थियो। सदरमुकामबाट तीन दिनसम्म हिँड्दा पनि बाटोबारे प्रष्ट जानकारी नपाएको गुनासो आरोहण टोलीले गरेको हो।

को–को थिए टोलीमा ? 

चेक गणतन्त्रको आरोहण टोलीमा नेता ६० वर्षीया पावेल मातोउसेक, ५२ वर्षीय एन्टोन बेलिक, ५२ वर्षीय ओल्गा नोभाकोभा, ५१ वर्षीय भिट औरमुल्लर, ४९ वर्षीय मिखाइल भ्रेउबु, ७१ वर्षीय सेइभा टल्ला, ४२ वर्षीय पाभिया पिल्चोभा  र ४१ वर्षीय मिक्कु होरन थिए। त्यसैगरी नेपाली अधिकारीहरू कपुर तामाङ र प्रेमकुमार पन्थी पनि टोलीमा थिए।

के भन्छन्, टोलीका सदस्य?

दुम्लिङबाट तम्बाकुसम्म पुग्ने बाटो निकै जटिल भौगोलिक क्षेत्रमा निर्माण गरिएको भए पनि सुरक्षित र क्षति कम हुने भए पनि तम्बाकु क्षेत्रमा अहिलेसम्म त्यस्तो बाटो बन्न नसक्नु दु:खद रहेको टोलीका सदस्य तामाङको भनाइ छ। पुरानो मान्छेहरुले निर्माण गरेको बाटो जस्तोको त्यस्तै हुने र अहिले बाटो नै नहुने भन्दै आरोहण टोलीका नेता ६० वर्षीय पावेल मातोउसेकले नयाँ प्रविधि र दक्ष जनशक्ति भएको बेला समेत बाटो नबताइनु दु:खद रहेको बताए।

अपी हिमाल बेसक्याम्पसम्म आरोहण टोलीसँगै गएका अपी नाम्पा पर्यटन विकास फाउण्डेसनका अध्यक्ष सोभनसिह लोथ्याल सरकारी तबरबाट आरोहणका लागि अनुकुल वातावरण सिर्जना गर्नुपर्ने बताउँछन्। टोलीका सदस्यहरूले आफूलाई बाटोको बारेमा सही जानकारी नदिएको गुनासो गरेको उनको भनाइ छ।

अपी हिमाल आरोहणलाई नियमित र आकर्षक बनाउन खलंगाबाट अपी बेसक्याम्पसम्म सात दिनको रुट निर्धारण गरिनु पर्ने, पर्यटन बोर्डले अपी हिमालसम्म पुग्ने नयाँ नक्सा उपलब्ध गराउनु पर्ने, बाटोमा क्याम्प साइड निर्माण गर्नुपर्ने जस्ता काम गर्नुपर्ने टोली प्रमुख पावेलले बताए। ‘रुट नै कति दिनको हो भन्ने प्रष्ट भएन। सदरमुकाममा पाँच दिनको रुट रहेको जानकारी गराइयो,’ तामाङले भने। तर खलंगादेखि बेस क्याम्पसम्म कम्तीमा सात दिन लाग्ने उनको भनाइ छ।

त्यसैगरी पर्यटन बोर्डले उपलब्ध गराएको नक्सा पुराना भएकाले उक्त नक्सा हेरेर बेसक्यामसम्म पुग्न निकै समस्या झेल्नु परेको तथा बाटोको सूचना दिने संकेतसमेत नहुँदा टोलीले थप समस्या झेल्नुपरेको तामाङले बताए। अपी हिमाल गाउँपालिका– १ थाइकोट यो क्षेत्रको अन्तिम बस्ती भएको र थाइकोटबाट अपी बेस क्याम्प पुग्न तीन लाग्ने भए पनि तीन दिनको बाटोमा ओत लाग्न ठिक ठिक दूरीमा व्यवस्था नभएका कारण पनि टोलीले समस्या झेलेको अपी नाम्पा पर्यटन विकास फाउण्डेसनका अध्यक्ष लोथ्यालले जानकारी दिए।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.