Naya Media
सोमवार, माघ ५, २०८२
| | January 19, 2026
सोमवार, माघ ५, २०८२

किष्ट बैंकका तत्कालीन प्रमुख ज्ञवाली पक्राउ

User Photo
शुक्रबार, अशोज १९, २०७५

किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका उनी महेन्द्रनगर क्षेत्रबाट बिहीबार साँझ पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो ।

उनका अनुसार अदालतले ज्ञवालीलाई चार वर्ष कैद र साढे चार करोड जरिवाना सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए । ज्ञवाली पक्राउ बारे प्रहरीले आजै पत्रकार सम्मलेन गरी जानकारी दिने तयारी गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.