Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

सडकले घर भत्काइदिएपछि १५ वर्षदेखि प्रतीक्षालयमा बास

User Photo
शुक्रबार, अशोज १९, २०७५

सल्यान : शारदा नगरपालिका- १ शान्तिनगरका ६० वर्षीय वृद्ध १५ वर्षदेखि सार्वजनिक प्रतीक्षालयमा बस्दै आइरहेका छन्। सडकले घर भत्काइदिएपछि ६० वर्षीय वृद्ध वीरबहादुर वादी सार्वजनिक प्रतीक्षालयमा बस्दै आएका हुन्।

विगत १५ वर्ष अघि वादीको घरबाटै सडक काटिएपछि उनी नजिकैको प्रतीक्षालयमा बस्दै आइरहेको वादीले बताए। शारिरिक रुपमा अशक्तसमेत रहेका वादीको जीवन यही प्रतीक्षलयमा कटिरहेको छ। गाउँमा सडक ल्याउनुपर्‍यो भन्दै सडक खनिएपछि उक्त सडकले आफ्नो घर भत्काएको वादीले बताए। उनले भने, ‘गाउँमा सडक आएपछि अरूलाई त खुशीको बहार भो तर आफ्नो लागि भने उक्त सडक अभिशाप भयो।’

वर्षातमा खासै समस्या नभए पनि पुषमाघको चिसोले निकै सताउने गरेको वादीले बताए। उनले भने १५ वर्षदेखि यहि प्रतीक्षालयमा रात काट्दै आइरहेको छु। पुस माघको चिसोका रात काट्न निकै गाह्रो हुन्छ नत कुनै लगाउने न्यानो कपडा नै छ नत ओड्ने सिरक नै।’

गाउँघरमा मादल बजाउदै मर्मत गर्दै साँझ बिहानको गर्जो टार्ने गरेको उनको भनाइ छ। उनले भने ‘श्रीमतीको पनि मृत्यु भयो एउटा छोरी विवाह गरेर गइहाली एक्लै गाउँघरमा मादल बजाएर जीवन काटि रहेको छु।’ मादल मर्मत गरेको ५ ÷६ सय रुपैया आउँछ त्यहि रुपैयाबाट घर खर्च चलाउदै आइरहेको वादीले बताए। मादल बनाउन सधै आउदैनन चाडपर्वमा मात्र हो मादल बजाएर आएको पैसाले दुई खाक टार्दैै आइरहेको छु वादीले भने।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.