Naya Media
बुधबार, पुस ३०, २०८२
| | January 14, 2026
बुधबार, पुस ३०, २०८२

निर्मला पन्त हत्या प्रकरणः मामा र सेनामाथि पनि अनुसन्धान गर्न माग

User Photo
शुक्रबार, अशोज १९, २०७५

नेपाल मानव अधिकारी संगठनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा प्रहरी अधिकारी र बम दिदीबहिनीसँगै निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ ।

घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो ।

संगठनले भनेको छ, उनीहरु उपर ठोस र प्रभावकारी अनुसन्धान भएन । मानव अधिकार संगठनले घटनाको प्रमाणहरु नष्ट गरिएको निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष समेत सुनाएको छ ।

उसले सबै स्रोत साधन प्रयोग गरी हत्यारालाई पत्ता लगाउन र निर्दोषलाई यातना दिने तथा अत्यधिक बल प्रयोग गर्ने प्रहरी प्रशासनका अधिकारीमाथि पनि कारबाही गर्न माग गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.