Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 16, 2026
शुक्रबार, माघ २, २०८२

मेलम्चीको पानी ल्याउन ६० दिने भाका

User Photo
सोमवार, मंसिर १७, २०७५

काठमाडौं। खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको पानी काठमाडौंमा भित्र्याउने नयाँ समय तोकेको छ। मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर अबको ६० दिनभित्रमा मेलम्चीको पानी काठमाडौं ल्याइने बताए।

विकास तथा प्रविधि समितको बैठकमा सांसदले मेलम्चीको पानी कहिले आउँछ भन्ने प्रश्नको जवाफ दिँदै सचिवले भने, ‘६० दिनभित्रमा सुरुङको सम्पूर्ण भौतिक संरचना निर्माण सकिन्छ। भौतिक निर्माणको काम सक्नेवित्तिकै पानी सुरुङ पठाइन्छ। सुन्दरीजलमा पानी आउन तीन दिन लाग्छ।’

सरकारले पटक–पटक मेलम्चीको पानी काठमाडौं ल्याउने भनेर मिति तोक्दै आएको छ। खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर २०७५ सालको दसैंभित्रमा मेलम्चीको पानी ल्याउने दाबी पनि गरेकी थिइन्। आइतबारको बैंठकमा मन्त्रीको उपस्थिति थिएन। बैठकमा सांसदले संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको खानेपानी सेवाका बारेमा राखिएको छलफलमा मन्त्री बिना मगर उपस्थित नभएकामा आपत्ति जनाएका थिए। मन्त्रीको उपस्थिति नभइ अबको बैठक नराख्न उनीहरूले सभापतिसँग माग राखेका थिए। सचिवले पानी भित्र्याउने नयाँ मिति तोक्दा सांसद रामबहादुर विष्टले मन्त्रीको उपस्थिति बिना समयसीमा तोक्दा यसको जिम्मेवारी कसले लिने भनेर प्रश्न उठाएका थिए।

‘सुरुङ खनेर हावा फाल्दै पानी ल्याउने कार्य नेपाली इन्जिनियरले गरेका थिएनन्। प्राविधिक काम गराइको आधारमा मिति तोकिएको थियो’, ठाकुरले भने, ‘लक्ष्यअनुसारको प्राविधिक कार्य हासिल गर्न नसकेकाले समयमा ल्याउन सकिएन।’ मन्त्रीले बाचा गर्नुभएको समयमा पानी ल्याउन नसकेकोमा मन्त्रालयको तर्फबाट उनले समितिमा क्षमा पनि मागेका थिए। संसद प्रभु साहले पर्याप्त तयारी नगरी राजनीतिक नेतृत्वलाई ब्रिफिङ गरेर जनताका अगाडि लज्जित नबाउन आग्रह गरेका छन्। ‘कर्मचारीको ब्रिफिङका आधारमा राजनीतिज्ञले जनतालाई सम्बोधन गर्ने हो’, शाहले भने, ‘जनतालाई आश्वसन दिए अनुसार काम नभए राजनीतिक नेतृत्वले गाली खाने गर्छन्।’

समितिको सभापति कल्याणी खड्काले यसरी पटक÷पटक म्याद तोक्दा मेलम्ची आयोजनाको रजक जयन्ती बनाउनुपर्ने अवस्था आउनेतर्फ ध्यानकर्षण गराएकी थिइन्। मेलम्चीको सुरुङको अब फिनिसिङ कार्य मात्र बाँकी रहेको ठाकुरको दाबी छ। ‘२१ सय मिटर सुरुङ ढलान गर्न बाँकी छ। औसत दुई सय ५० मिटरका दरले काम भइरहेको छ’, ठाकुरले भने, ‘अहिले गतिमा काम भए ६, ७ दिनमा ढलानको काम सकिन्छ।’ सुरुङको फिनिसिङ, भेन्टिलेसन, हाइड्रोमेकानिकल, सुन्दरीजलमा रहेको हेडबक्ससम्म पानी ल्याउन दुई सय मिटरको पाइप जडान गर्नबाँकी रहेको उनको भनाइ छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.