Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

बिचौलियाले नाफा नपाएको भन्दै तरकारी नलिँदा डोजर लगाएर नष्ट

User Photo
मङ्लबार, माघ २२, २०७५

भरतपुर – चितवनमा चार जना किसानले  एकसाथ तरकारी खेतीमा डोजर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि सोमबार चितवन खैरही नगरपालिका, १ ज्यामिरेका नवराज भुसाल, इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल र कृष्ण सापकोटाले बन्दाकोाभी र मुलाखेती नष्ट गरेका हुन् । दुई साताअघि खैरहनी नगरपालिका, ६ तुलसीपुरका किसान पुरन महतोले १५ कठ्ठा क्षेत्रफलमा लगाएको लाखौँ मूल्य बराबरको बन्दा र मुला नष्ट गरेको थिए ।

सित्तैमा लैजानु भन्दा पनि बिचौलियाले मानेनन्

ज्यामिरेका नवराज भुसालले चार जना किसानले २४ कठ्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बनदा नष्ट गरेको जानकारी दिए । आफूहरुले लगाएको बन्दा एक रुपैयाँमा उठाउन आग्रह गर्दासमेत नगगेको उनको गुनासो छ । भुसालले १० कठ्ठामा लगाएको बन्दामध्ये सात कठ्ठाको जेनतेन बिक्री भए पनि तीन कठ्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताए । यो समाचार आजको नयाँ पत्रिकामा विवेक पोख्रेलले लेखेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.