Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

गौरिगङ्गा ब्याटमिन्टन कपको तयारी सुरु

User Photo
आइतवार, चैत्र ३, २०७५

इस्वर जैशी
चैत्र ३ , सुखड
`दुर्व्यसनी विरुद्ध, स्वास्थ्य समाजको निर्माण´ तथा समग्र गौरीगङगा नगरपालिकालाइ खेलको माध्यम बाट देशभर चिनाउने उद्देश्य सहित प्रथम गौरिगङ्गा ब्याटमिन्टन कप को आयोजना हुने भएको छ ।
फागुपुर्णिमाको अवसर पारी कैलालीको गौरिगङ्गा नगरपालिका – ८, मसुरिया साझ बजारमा यहि चैत्र ६ र ७ गते गरि दुई दिन सम्म प्रतियोगिता सन्चालन हुने, आयोजक गौरिगङगा ब्याटमिन्टन क्लबले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो। खेलको विकास र विस्तारको लागी खेल खेलेर मात्र सम्भव नहुने भएकाले प्रतियोगिता नै सन्चालन गर्नुपर्ने महसुस गरि खेलाडीहरु बिच प्रतिस्पर्धा गराइ खेलाडीहरुको प्रोत्साहन मा सहयोग पुर्यान ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको गौरिगङगा ब्याडमिन्टन क्लब अध्यक्ष- चक्र बहादुर कलेल बताउनु भएको छ ।
खेलाडीहरुलाइ सिनियर (ए डिभिजन ) र जुनियर (वि डिभिजन ) गरि दुई भागमा वर्गीकरण गरि खेल खेलाइने भएको छ । प्रतियोगिता मा करिब २५ टोलिको सहभागिता रहने आयोजक गौरिगङ्गा ब्याडमिन्टन क्लबले जानकारी गराएको छ । सिनियर र जुनियर गरि प्रतियोगिताको बिजेता दुबै टोलिले रु. दश हजार तथा उपविजेता टोलिले रु.पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् भने प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीहरुका लागि टिसर्ट को व्यवस्था गरिएको छ । आगामी दिनहरूमा क्लबले रक्तदान, बुद्धिचाल लगाएत अन्य सामाजिक कार्यक्रम पनि सन्चालन गर्दै लैजाने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । गौरिगङ्गा ब्याडमिन्टन क्लब कैलालि जिल्लाकै पहिलो दर्ता ब्याडमिन्टन क्लब हो।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.