Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

मोहन्याल र लम्कीचुहाको सिमा विवाद :मोहन्याल अध्यक्ष हिम शिखरले भेटे मुख्यमन्त्री र सिडिओ

User Photo
बुधबार, मंसिर १९, २०८१
कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिका सिमा विवाद चर्किए पछि मंगलबार जिल्ला समन्वय समिती कैलाली प्रमुख सहित कैलालीको लम्कीचुहा ३ बल्चौरमा छलफल भयो ।

जहाँ लम्कीचुहाका नगर प्रमुख सुशीला शाही,प्रमुख प्रसाशकिय अधिकृत सुषमा महता केसि,प्रबक्ता लभ शाही,मोहन्यालको तर्फ बाट गाउँपालिका अध्यक्ष देबिदत्त उपाध्याय,उपाध्यक्ष कमल बहादुर साउद,जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी,प्रमुख प्रसाशकिय अधिकृत आशिष् चौधरी,वडा नम्बर ९ अध्यक्ष खकेन्द्र भण्डारी लगायत बीच छ्लफल भयो छ्लफलमा सिमाना सम्बन्धि जहाँ बिबाद छ त्याहा समाधान गर्ने भनेर छ्लफल टुंगोमा पुगाउन खोजिए पनि बिना निष्कर्ष टुङियो ।

विवाद बिगतमा पनि भए तर कहिलै बिबाद टुङ्गिएन यसपाली पनि गोराङ्गेमा रहेको १ नम्बर खोलामा मोहन्यालले ठेक्का लगायो तर निर्माण कम्पनीले अहिले सम्म खोलाको केही बोक्न पाएको छैन कारण उक्त खोला लम्कीचुहाले आफ्नो दाबी गर्नु । यो खोला कुन पालिकामा पर्छ तेहि कुरा टुंगोमा पुगेन जहाँ नक्सा द्वारा सिमा बिबाद टुङ्गोमा पुगाउने कोसिस भए पनि त्यो असफल भयो । तेसपछि बुधबार बिहानै मोहन्याल गाउँपालिका अध्यक्ष देबि दत्त उपाध्याय हिम शिखरले फेसबुकमा लाईभमा आएर सिमाको कुरा र बैठकको कुरा आम जनता समक्ष जानकारी गराउनु भएको थियो जुन उहाँको फेसबुकको वालामा अहिले पनि हेर्न सकिन्छ । बुधबार नै मोहन्याल गाउँपालिकाले एक सुचना जारी गर्यो जुन सुचनामा यस्तो लेखिएको छ ।

नदिचन्य पदार्थ उत्खनन तथा संकलन कार्य रोक्ने  सार्वजनिक सूचना।

(लागि नदिजन्य पदार्थ उत्खनन तथा संकलन कार्य )
प्रस्तुत विषयमा, मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिका बीच विभिन्न स्थानहरुमा सिमा विवाद रहेको र सो को समाधानका लागि छलफल भैरहेकोले हाल मोहन्याल गाउँपालिकाको क्षेत्र भएर बग्ने गोराङ्‌गे खोला, ध्रुबेनि खोला, आमपानी खोला, रतनपानी खोला, ढाडे खोला र चरेला खोत्ता लगायतका खोलाहरुबाट मा विवाद समाधान नभए सम्मका लागि नदिजन्य पदार्थ उत्खनन तथा संकलन कार्य रोकिदिनहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ। साथै मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकाको सीमा क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण मोहन्याल बासी आमावुवा, दाजुभाई तथा दिदिबहिनिहरुमा कोहि कसैले नदिजन्य पदार्थ उत्खनन तथा संकलन गर्ने गरेको जानकारी प्राप्त भएमा यस मोहन्याल गाउँपालिकाको कार्यालयलाई जानकारी गराईदिन हुन अनुरोध गरिन्छ ।


यो सुचना पछी अध्यक्ष उपाध्याय र उपाध्यक्ष कमल साउदले सुदुरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी लाई लाई भेट्दै मोहन्यालको सिमा समस्या र नदिजन्य पदार्थको अबैध उत्खननको बिषयमा जानकारी गराउनुका साथै समस्याको सामाधनको लागि पहल गरिदिन अनुरोध समेत गर्नु भएको छ ।

यता लम्कीचुहा नगरपालिकाले भने सिमाना बिबाद रहे पनि मोहन्यालको भुभाग आफ्नो नभनेको बताएको छ आमापानी देखि पुर्व चिसापानी सम्मको तल्लो भाग लम्कीचुहाको भएको बताउदै आएको छ लम्कीचुहाकी नगर प्रमुख सुशीला शाहीले भन्नू भयो हामी माथीका निकाय सम्म पुग्छौ र समादान निकाल्छौ ।

# मोहन्याल # लम्कीचुहा # सिमा विवाद

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.