Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

उपत्यकामा १२ वर्षपछि हिमपात, हिउँमय काठमाडौं

User Photo
बिहिबार, फाल्गुन १६, २०७५

बिहीबार बिहान सूर्योदयसँगै काठमाडौं उपत्यकामा रोचक दृष्य देखिएको छ । उपत्यकाबासीले बिहान उठ्नासाथ आफ्नै घरबाट सेताम्य हिउँको दुर्लभ दृष्य देख्न पाएका छन् । राष्ट्रिय समाचार समितिका अनुसार काठमाडौं उपत्यकामा १२ वर्षपछि हिमपात भएको छ ।

रातभर परेको पानीसँगै काठमाडौं उपत्यका वरिपरिका डाँडाहरु हिउँले ढाकिएका छन् । कीर्तिपुर, पातले वन, चन्द्रागिरि, फुल्चोकी आसपासका डाँडाहरु हिमाल जस्तै सेता देखिएका छन् । भक्तपुर जिल्लामा पर्ने सूर्यविनायक, साँगा, नगरकोट लगायतका डाँडामा पनि हिउँ परेको जानकारीमा आएको मौसमविद सुजन सुवेदीले बताए ।

बिहीबार बिहान काठमाडौं उपत्यकाको मौसम खुलेको छ र पारिलो घाम लागेको छ । तर, दिउँसो भने पुनः बदली हुने र अपराह्न छिटपुट वर्षा हुनसक्ने मौसमविद सुवेदी बताउँछन् । बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकामा १६.२ मिलिमिटर पानी परेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.