Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

कैलालीको टिकापुरमा पनि “छिमेकी चरा” एप मार्फत चराको गणना

शनिबार, फाल्गुन ७, २०७८
काठमाण्डौ ।

चराको अध्यन तथा अनुसन्धान को क्षेत्रमा काम गर्दै आएको संस्था Bird conservation Nepal ले यो वर्ष एप मार्फत चराको गणना गरिरहेको छ। छिमेकि चरा नामको एप मार्फत चरा गणना अहिले देश भरिका करिब ६६ जिल्लामा हुँदै आइरहेको छ। यहि फाल्गुन ६ र ७ गते विशेष दिनका रुपमा विभिन्न चरा सम्बन्धी अध्यन तथा अनुसन्धानमा लागिरहेका ब्याक्ती तथा अध्यन गर्ने विद्यार्थी मार्फत सम्पन्न भयको हो।


त्यसैगरी यहि अबसरमा पश्चिम नेपालको कैलाली जिल्लामा अबस्थित टिकापुर नगरपलिकामा रहेका चरा अध्यनकर्ता तथा विद्यार्थी हरुले पनि टिकापुर पार्क तथा त्यसको नजिकै रहेको कर्णाली नदिको छेउछाउका चराहरुको एप मार्फत गणना गरेका छ्न। यसरी विद्यार्थी र चराबिदहरुको समुह बनायर पहिलो पटक टिकापुरमा चराहरुको अध्यन गरियको हो। bird conservation Nepal का अनुसन्धानकर्ता हिरु लाल डगौरा तथा चरा अध्यनकर्ता लक्ष्मण उपाध्यायको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भयको छ।

टिकापुरमा अबस्थित Tikapur politechnique collage मा अध्यनरत Forestry, Veterinary तथा बाली बिज्ञानमा अधयनरत विद्यार्थी साथै Redient montetory school टिकापुरमा अध्यनरत विद्यार्थीको सहभागितामा भएको उक्त कार्यक्रम करिब ६० जनाको उपस्थितिमा सम्पन्न भएको थियो।
विद्यार्थी हरु लाई छिमेकी एपको जानकारी दिने र त्यसको प्रयोगको बारेमा छलफल गर्दै पार्कमा रहेका चरा र कर्णालिमा रहेका जल पन्छीहरु को अध्यन गरिएको कुरा अनुसन्धानकर्ता लक्ष्मण उपाध्यायले बताउनु भयो।
करिब ४० प्रजातिका चराहरुको डाटा लाई एप मार्फत अपडेट गरिएको बताइएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.