जुवाडे पक्राउ

कैलालीको लम्कीचुहा र घोडाघोडि बाट एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ

कैलालीको घोडाघोडि र लम्कीचुहाबाट एक लाख ६८ हजार नगदसहित १७ जना जुवाडे पक्राउ परेका छन्।

घोडाघोडी नगरपालिका- १० आमखोइया बस्ने टेक बहादुर मल्ल र लम्कीचुहा नगरपालिका वडा नम्वर २ स्थित रोहन ढकालको घरमा जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका हुन।

ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका– २ बाट स्थानीय विष्णु केसी, शेर बहादुर रावल, खड्क पुन, हर्क पुन र डिल्ली प्रसाद जोशिलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ३२ हजार पाँच सय ५० नगद बरामद गरिएको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय सुखडबाट खटिईएको प्रहरी टोलीले मल्लको घरमा जुवा खेलिरहको अवस्थामा स्थानीय दिलिप कठायत, गणेश कठायत, केशब मल्ल, भद्र बडुवाल, धनन्जय कठायत, धन कठायत, नबिन कठायत, खगेन्द्र बुढा, हरिश कठायत, गौरीगंगा–१० बस्ने बर्ष रमेश कठायत र अरबिन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। जुवा मुद्दामा म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बुध, अशोज २१, २०७७ (October 7, 2020, 6:46 pm) मा द्वारा अदालत / कानुन अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै