Naya Media
शुक्रबार, जेष्ठ ९, २०८२
| | May 23, 2025
शुक्रबार, जेष्ठ ९, २०८२
Advertisement

सर्वोच्च अदालतको फैसलालाई व्यक्तिगत जित हारको रुपमा नलिन कांग्रेसकाे अपिल

User Photo
सोमवार, असार २८, २०७८
काठमाण्डौ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्नेमा जोड दिएका छन् ।


advertisement

देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको भन्दै देउवाले यसले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताए ।

लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दल, सबै कानून व्यवसायी, भातृ तथा शुभेच्छुक संस्था, नागरिक आन्दोलन र सजग सञ्चार माध्यम एवं स्वदेश तथा विदेशमा रहेका सबै नेपालीप्रति कांग्रेसले बधाई समेत दिएको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

[jetpack_subscription_form title="" subscribe_text="Enter your email to receive new posts." subscribe_button="Subscribe"]

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.