कोरोना नेगेटिभ

आरडीटी परिक्षणमा पोजेटिभ देखिएका काभ्रेका दुई युवकमा कोरोना नेगेटिभ

बुधबार, बैशाख ३, २०७७, काठमाण्डाै । 

काभ्रेमा मंगलबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा एन्टीबडी पोजेटिभ देखिएका दुई युवकमा कोरोना संक्रमण नभएको पाइएको छ ।

बुधबार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका एक अधिकारीले जानकारी दिए ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका वासिन्दा दुई युवकमा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

धुलिखेल अस्पतालमा बुधबारमात्र ५० जनाको नमुना परीक्षण गरिएको छ । हालसम्म धुलिखेल अस्पतालको प्रयोगशालामा दुई सय ६३ जनाको कोरोना संक्रमण परीक्षण भएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै