कोरोना अपडेट

आरडिटीबाट परीक्षण गर्दा झापामा पनि देखियाे एक युवकमा कोरोना

बुधबार, बैशाख ३, २०७७, काठमाण्डाै । 

र्यापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण गर्दा झापामा एक युवकलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। झापा हल्दिबारी गाउँपालिका २ निवासी अन्दाजी ३० वर्षीय एक युवकमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

होम क्वारेन्टाइनमा बसेका ती युवकको स्वास्थ्य शाखा हल्दिबारीको टोलीले बुधबार आरडिटी किटले स्वास्थ्य परीक्षण गरेका थिए स्वास्थ्यकर्मीको टोलीले आरडिटी किटले दुई पटकसम्म परीक्षण गर्दासमेत रिपोर्ट पोजेटिभ आएको बताइएको छ। ती युवक करिब एक महिनाअघि दुबईबाट फर्किएका हुन्।

आरडिटीमा कोरोना पोजेटिभ देखिएपछि स्वाब परीक्षणका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए। युवकमा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकामा त्रास फैलिएको छ। ‘आरडिटीमा कोरोना पोजेटिभ देखिए पनि आत्तिनु र्ने केही छैन।’ गाउँपालिकाका अध्यक्ष लिङ्देनले भने।

अस्पतालबाट थप रिपोर्ट नआउन्जेल त्रास नफैलाउन सबैसमक्ष आग्रह गरेका छन्। गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट आएका ४८ जनाको आरडिटी किटले परीक्षण गरिएको छ। त्यसमध्ये ११ जनाको स्वाब थप परीक्षणका लागि पठाइएको जनाइएको छ।

यता हल्दिबारी २ का दुई जनालाई उच्च ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा बुधबार भर्ना गरिएको छ। उनीहरू नातामा श्रीमान् श्रीमती रहेको जनाइएको छ। दुवै जना करिब डेढ महिनाअघि भारत पुगेर आएका थिए। उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि विराटनगर पठाइएको अस्पतालले जनाएको छ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै