काेराेना बारे गलत हल्लाले त्रसित झापाबासी- भ्रम, कारण र यथार्थ

बिहिबार, बैशाख ४, २०७७, झापा । 

कुनै व्यक्तिलाई कोरोना संक्रमण भएपछि त्यसविरूद्ध लड्न शरीरले एन्टीबडी उत्पादन गर्छ। एन्टिबडीले कोरोनाभाइरसलाई नष्ट गरिसकेपछि पनि शरीरमा एन्टिबडी कायमै रहन्छ।

त्यसैले कहिलेकाहीँ र्यापिड डाइग्नोस्टिक टेष्टले परीक्षणमा एन्टिबडी देखाए पनि कोरोनाभाइरस भने नष्ट भइसकेको हुन सक्छ। शरीरमा एन्टिबडी पनि छ, तर कोरोनाभाइरस पनि नष्ट भइसकेको छैन भने त्यो अवस्थामा पिसिआरबाट पनि जाँच गर्दा पोजेटिभ देखिन सक्छ।

हाल नेपालमा भारत तथा तेस्रो मुलकबाट आएकाहरुका साथै कोरोना संक्रमित भेटिएको क्षेत्रमा र्‍यापिड टेष्ट गर्ने गरिएको छ । ५ चैतमा बेलायतबाट आएका आमा छोरामा सोमबार कोरोना संक्रमण देखिएपछि पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई सय ९८ जनाको र्‍यापिड टेष्ट गरिएको थियो । ती सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

झापाको हल्दिवारीका एक युवामा एन्टिबडी देखिए पनि कोरोना नेगेटिभ देखिएको हो। उनको र्यापिड डाइग्नोसिस्ट टेस्ट (आरडिटी) विधिबाट बुधवार गरिएको परीक्षणमा पोजेटिभ देखिएको थियो।

ती युवाको पिसिआर विधिबाट गरिएको परीक्षणमा भने नेगेटिभ रिपोर्ट आयो। सञ्चारमाध्यममा आरडिटी विधिबाट पोजेटिभ देखिएको र पोजेटिभ देखिएको भन्ने दुईखाले समाचारले भ्रम उत्पन्न गर्यो ।

भ्रम सिर्जना हुनुका ४ कारण

१. सुचना लुकाउने सरकारी अधिकारी
२. समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम र सन्चारकर्मीलाई RDT र PCR बारे स्पष्ट जानकारी नहुनु / नलिनु।
३. मिडियाको नाम बेचेर अनर्गल प्रचारबाजि गर्नेहरु (फेसबुक लाइभ, युट्युब र स्टाटसबाजहरु)
४. कपि पेष्टको नतिजा।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

विष्णु लामिछाने

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: विष्णु लामिछाने

विष्णु लामिछाने

शनिबार, चैत्र २२, २०७६ (April 4, 2020, 3:11 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै