Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

चितवनकी सङ्क्रमित महिलाको तेस्रो रिपाेर्ट पनि पाेजिटिभ

काठमाण्डाै ।

चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो ।

ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छन् । उनमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् ।

आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो । उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए । राप्ती नगरपालिका-८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएको छैन ।

यस्तै वैशाख १५ गते नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading