कोरोना संक्रमित

बाँकेमा एक जना बाटै १५ जनामा कोरोना सरे संगै काेराेनाकाे तेस्राे चरणमा प्रवेश

दुई दिनअघि नेपालगञ्ज उपमहानगरपालिका- ५ का ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भेटियो । ती व्यक्तिबाट सुरु भएको सङ्क्रमण अन्यमा फैलिएको हो । भेरी अस्पतालको प्रयोगशालामा भएको पीसीआर जाँचमा आइतबार थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ सङ्क्रमित सबै पहिलो सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति हुन्, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ शाहले भन्नुभयो । नेपालगञ्जको डीएसपी रोडस्थित एक टोलमा बस्ने पहिलो सङ्क्रमित नजिकैको एक मस्जिदमा कार्यरत हुन् । उनले मस्जिद नजिकै मदरसामा विद्यार्थीलाई ट्युसनसमेत पढाउँदै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोरोना सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका वडा नम्बर ५ र ८ का ९० जनाको शनिबार स्वाब सङ्कलन गरिएको थियो । त्यसमध्ये ३० जनाको परीक्षण गरिँदा १५ जनामा कोरोना भएको पुष्टि भएको हो । भेरी अस्पतालका चिकित्सक डा. बद्री चापागाईंका अनुसार शनिबार सङ्कलन गरिएकामध्ये थप व्यक्तिको स्वाबको परीक्षण कार्य चलिरहेको छ ।

सङ्क्रमित भएका व्यक्तिलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । प्रहरीले पहिलो सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा गत चैत पहिलो साता सीमापारि भारतको रुपैडिया–नानपारा पुगेर फर्किएको पाइएको छ । प्रहरी स्रोतले भन्यो– आफ्ना बिरामी बुबालाई भेट्न पुगेका सङ्क्रमित बन्दाबन्दीको दुई दिनअघि मात्रै फर्किएको पाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले थप व्यक्तिमा सङ्क्रमण देखिएपछि सुरक्षा सावधानी अपनाइएको जानकारी दिनुभयो । एकै दिन यति जनामा सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङको कार्य थप अघि बढाइने उहाँले बताउनुभयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
आइत, बैशाख २१, २०७७ (May 3, 2020, 10:55 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै