
शनिवार थप ६ जनामा काेराेना संक्रमण पुष्टी भएकाेछ । संक्रमित बर्दिया, सिराहा, पर्सा, सर्लाही र चिनवनका बासिन्दा भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाण्डाैमा भएकाे परिक्षणमा उक्त ६ जनामा संक्रमण पुष्टी भएकाेहाे । उनीहरू अवस्था सामान्य रहेकाे समेत मन्त्रालयले जानकारी गराएकाे छ ।
याे संगै नेपालमा संक्रमित संख्या २७३ पुगेकाेछ । ३६ जना निकाे भएर घर फर्किसकेकाछन ।