काेराेना- मृतक महिला

काेराेनाबाट धुलिखेलमा मृत्यु भएकी महिलाको काठमाडौंमा अन्त्येष्टि

कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगर्दै अन्त्येष्टि गर्ने तयारी
शनिबार, जेष्ठ ३, २०७७, काठमाण्डाै । 

स्वास्थ्य मन्त्रालयले धुलिखेलमा मृत्यु भएकी महिलाको कोरोनाको कारण मृत्यु भएको औपचारिक पुष्टि नगरी सेनाको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गर्न लागिएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो । सुरक्षाका उपाय अपनाउँदै कार्यविधिअनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहितको टोलीले शव अन्त्येष्टिको लागि लगिएको हो ।

शव लैजान प्रयोग भएको शववहानका चालक, एम्बुलेन्सका चालक, स्वास्थ्यकर्मी, मृतकका श्रीमान्‍सहितलाई पीपीई, बुट लगायतका स्वास्थ्य सुरक्षाका सामाग्रीसहित पठाइएको सुरक्षा निकाय स्रोतले जनाएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया महिलाको बिहीबार धुलिखेलमा मृत्यु भएको थियो । मृत्युपछि अस्पतालमा दुई पटक पीसीआर विधिबाट परिक्षण गर्दा कोरोना देखिएको थियो । थप परीक्षण गर्न उनको स्वाब शनिबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

‘सेनाको टोलीले काभ्रेबाट सदगद गर्न काठमाडौं हिँडाइसक्यो,’ अस्पताल स्रोतले भन्यो । उनको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहबाट अन्त्येष्टि गर्न लागिएको हो । काभ्रेमा शव बाहन नपाएपछि काठमाडौंबाट लगिएको थियो ।

‘कोरोनाकै कारण मृत्यु भएकोले सेनाले स्कर्टिङ गरेको छ । सदगत गर्न आउने टोलीमा ५ जना छन्,’ काभ्रेका एक सुरक्षा अधिकारीले भने, ‘सदगत गर्ने एकजनालाई पनि पीपीई पठाएका छौं ।’ मृतकका श्रीमानलाई छुट्टै गाडीमा पठाइएको ती सुरक्षा अधिकारीले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी रहेकोले औपचारिक घोषणा नभएको बताए । ‘रिपोर्ट नआएसम्म औपाचारिक केही बोल्न मिलेन । रिपोर्ट आउने बित्तिकै हामी सार्वजनिक गर्छौं,’ उनले भने, ‘शव व्यवस्थापको बारेमा जानकारी भएन ।’

शवको व्यवस्थापनमा खटिएका सबैलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राख्ने तयारी छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View more articles by: नयाँ मिडिया

नयाँ मिडिया

मङ्लबार, असार २९, २०७८ (July 13, 2021, 8:21 am) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै