अव्यवस्थित क्वारेन्टिन

संक्रमित संगै राखिएकाे भन्दै दैलेखमा क्वारेन्टिनमा रहेकाहरू भागे

भागेकालाई पुन: क्वारेन्टिनमै राखिएको प्रहरीकाे भनाइ

दैलेख सदरमुकामस्थित एक क्वारेन्टिनमा रहेका नागरिकहरु भागेका छन् । नारायण नगरपालिकाको नारायण क्याम्पसमा राखिएका नागरिकहरु सोमबार भागेका हुन् ।

१०५ जनाको क्षमता भएको क्याम्पसमा भारतबाट आएका २१८ जनालाई राखिएको थियो । कोरोना संक्रमितलाई पनि दुई दिनदेखि सँगै राखेपछि उनीहरु भागेका हुन् ।

दुई दिनअघि पुष्टि भएका १७ जना सोही क्वारेन्टिनमा रहेका छन् । क्वारेन्टिनमै रहेका अन्यमा पनि सोमबार कोरोना पुष्टि भएको छ ।

यता प्रहरीले भने भाग्न खोज्नेलाई पुन: क्वारेन्टिनमै राखिएको बताएको छ ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
सोम, जेष्ठ १९, २०७७ (June 1, 2020, 7:28 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै