
झापाकाे बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेका मध्ये ५ जनामा काेराेना संक्रमण देखिएकाेछ । जसमा १ जना बुद्धशान्ती गाउँपालिकाको स्थानिय रहेकाे र बाकी अन्य जिल्लाका रहेकाछन ।
यो क्वारेन्टाइनमा झापाका विभिन्न नाकाबाट नेपाल प्रबेश गर्नेहरु राखिएका छन। आफ्नै गाउँपालिका क्षेत्र र पहाडी जिल्लाका मानिसहरूलाई समेत यहाँ राखिएको छ।
क्वारेन्टाइनमा रहेका १०० जनाकाे पिसिआरका लागी नमुना पठाइएकाे थियाे । जसमा ७९ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे थियाे ।
बुद्धशान्ति गाउँपालिका संक्रमित गत जेठ १३ गते भारतको लखनउबाट आएका थिए । उनी सगै आएका अन्य ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।
अन्य जिल्लाका ४ जना भने सुनौली नाका हुँदै नेपाल प्रबेश गरेको बुद्धशान्ति स्वास्थ शाखा प्रमुख भोलाप्रसाद अधिकारीले जानकारी दिएका छन्। संक्रमित पाँचै जनालाई आइसोलेसनमा राख्न धरान लैजाने तयारी भैरहेको छ।
यो सबै लापरबाही का कारण भएको हो क्वारेन्टाइनमा राखिएका ४/५ दिन न बित्दै केही लक्षण देखिएन भन्दै घर घर पठाउन थालियो अहिले ५ जना मा पोजेटिभ भेटिएको छ,तुरुन्तै आइसोलेसनमा राखी बुद्धशान्ती गाउपालिका शिल गरे संक्रमण फैलिन पाउदैन ढिलासुस्तीले अझ समस्या थपिन स्क्छ सचेत रहनु नै जरुरी होला🙏🙏