
पर्साको वीरगञ्जमा भेटिएको एउटा बेवारिसे शवमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्जको घण्टाघरमा बिहीबार मृत भेटिएका २५ बर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो।
शवको नारायणी अस्पतालमा पोष्टमार्टम गरेपछि कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो।
नारायाणी अस्पतालमै गरिएको पीसीआर परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताललाई उद्यृत गर्दै पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
शव उठाउने कार्यमा खटिएका तीन जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको उनले बताए। नेपालमा यसअघि १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।
यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको भएपनि यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ। नेपालमा कोरोनाका कारण मृत्यु भएका अधिकांशमा मृत्यु भएपछि मात्रै संक्रमण पुष्टि भएको छ।
यसैबीच, पर्सामा आज ५ जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जना पुरुष, दुई बालक र एक महिलामा संक्रमण पुष्टि भएको हो। योसँगै पर्सामा कोरोना संक्रमितको संख्या १२४ पुगेको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द