
सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो ।
क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित सेवन गर्न आयुर्वेद औषधि अश्वगन्धा चुर्ण, गुडुची चुर्ण, पाचक र तुलसी चिया वितरण गरिएको वैद्य निरीक्षक दीपक तिमल्सिनाले बताए ।
‘‘लामो यात्राको थकानका कारण क्वारेन्टाइनमा रहनेको शक्ति कमजोर भई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले शक्तिबद्धर्क चुर्ण वितरण सुरु गरेका छौँ,’’ वैद्य तिमल्सिनाले भने, ‘‘इम्यिुनिटी पावर बढाउने खालका आयुर्वेद चुर्णले धेरै रोग लाग्नबाट जोगाउँछ । ’’ क्वारेन्टिनमा रहनेलाई स्वास्थ्य जाँच गरी आयुर्वेद औषधि दिने गरेको उनले सुनाए ।
केन्द्रका वैद्य निरीक्षक तिमल्सिनाका अनुसार भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षणसँगै तनाव व्यवस्थापन प्रशिक्षण दिने गरिएको छ । गोरखापत्र दैनिक
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द