Kanoon Post
मङ्लबार, चैत्र ६, २०८०/ March 19, 2024,
मङ्लबार, चैत्र ६, २०८०

आफन्तले टाढैबाट हेर्दै व्यावस्थापन गरियाे काेराेनाबाट मृत्यु भएका कैलालीका दुई जनाकाे शव

लम्कीचुहाकी महिलाकाे शव बाँकेको जङ्गलमा व्यवस्थापन

काठमाण्डाै ।

कोरोना सङ्क्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरिएको छ । गोदावरी नगरपालिकाका पुरुष र लम्कीचुहा नगरपालिकाकी महिलाको आज छुट्टाछट्टै स्थानमा शव व्यवस्थापन गरिएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका वडा नंं १ का कोरोना सङ्क्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ ।

मृतकको शव स्थानीय मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । मृतकका आफन्तले भने टाढैबाट शव व्यवस्थापन हेर्न मात्रै पाएका थिए ।

उता, कोरोनाका कारण मृत्यु भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी महिलाकाे शव बाँकेको जङ्गलमा व्यवस्थापन गरिएको छ । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading