सुदुरपश्चिम

काेराेनाबाट मृत्यु भएकी महिलाकाे उपचारमा संलग्न चिकित्सक परिक्षण नहुदै ५०० काे सम्पर्कमा

मृत्यपछी मात्रै रिपाेर्ट आउदा थप जाेखिम, लम्कीचुहाका स्थानियमा त्रास

कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ की एक महिलाकाे काेराेनाबाट मृत्यु भएपछि स्थानियमा त्रास बढेको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलाकाे चार दिन स्थानिय लम्कीचुहा अस्पतालमा उपचार पछी नेपालगञ्ज मेडिकल कलेजमा रेफर गरिएकाे थियाे । बेहाेस अवस्थामा उनलाई करिव १६/१७ जनाले अस्पताल ल्याएर आएकाे उनकाे उपचारमा संलग्न लम्कीचुहा अस्पतालका चिकित्सकले बताएकाछन ।

साथै चिकित्सक प्रकाश तिमिल्सेनाले मृतक महिलाकाे उपचार पछी करिव पाँच सय अन्य विरामीकाे उपचारमा संलग्न भएकाे तथा सम्पर्कमा पुगेकाे बताएकाछन ।

सुरुमा महिलाकाे उपचार गरिएकाे लम्की चुहा अस्पताल अहिले सिल गरिएको छ । जेठ ३० गते देखी असार ३ गते सम्म अस्पतालको सम्पर्कमा आएकाहरुलाई सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ ।

डा. प्रकाश तिमिल्सेना संग गरिएकाे कुराकानी

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि हेर्न सकिन्छ ।

View all articles by
बिहि, असार ४, २०७७ (June 18, 2020, 5:45 pm) मा द्वारा काेभिड-१९ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै